कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

डिजिटल कर्णाली कन्क्लेभ फागुन १८ र १९ मा हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — डिजिटल कर्णाली  कन्क्लेभ-२०२४ आगामी फागुन १८ र १९ मा हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको सयुक्त रुपमा आयोजना हुने २ दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु सहभागि हुनेछ ।

डिजिटल कर्णाली कन्क्लेभ फागुन १८ र १९ मा हुने

कर्णाली प्रदेशको डिजिटलाइजेशन र विकासमा केन्द्रित हुने कार्यक्रममा ५० भन्दा बढी विज्ञ तथा सरोकारवालाहरु सहभागिता हुनेछ । सम्मेलनमा ४ वटा प्रस्तुति र ६ वटा प्यानल सत्र हुनेछन् । आईसीटी फाउन्डेसनका अनुसार ‘पावर संवाद’ सत्रमा उल्लेखनीय व्यक्तित्वहरू हुनेछ । टेक्नोलोजीको माध्यमबाट विकास र यसलाई डिजिटल रूपान्तरणको बाटोमा नेतृत्व हुने फाउन्डेसनले जनाएको छ । सम्मेलनबाट डिजिटल सेवा, स्टार्टअप र नयाँ क्षेत्रमा काम गर्ने संस्थाहरूलाई जोड्ने प्रयास गरिनेछ । संस्थाले विगत ३ वर्षदेखि डिजिटल प्रदेश सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन २, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×