वेश्या– पुरूष

कविता
दिनेश अधिकारी

ऊ आफू टन्न मासु–भात खान्छ र, नवविवाहित भन्न मिल्ने स्वास्नीले धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

ऊ आफू टन्न मासु–भात खान्छ

र, नवविवाहित भन्न मिल्ने स्वास्नीले
धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

आकर्षक बनाउनु छ उसलाई आफ्नो शरीर
बिहान सधौ व्यायाम गर्छ
र, व्यायामपछि
दूधसाग काजु–बदाम खान्छ
दाह्री बनाउाछ, नुहाउाछ
कहाा जान्छ ऊ दिनभरि
स्वास्नीलाई केही भन्दैन
शरीरभरि पफ्र्युम छर्केर
फुर्तीका साथ बाहिर निस्कन्छ

डेरामा बसेको छ सहरमा
र, सहरजस्तै मोबाइलमा व्यस्त रहन्छ
भर्खर–भर्खरै
एउटा सेकेन्डह्यान्ड मोटरसाइकल किनेको छ
र, आफूलाई जस्तै
त्यसलाई पनि पुछ्पाछ गरेर सधैं ठीकठाक राख्छ
अपवादलाई छोडेर भन्ने हो भने
ऊ, सधैं घाम डुब्नुअगाडि नै
टुप्लुक्क डेरामा आइपुग्छ
उसैलाई मात्र थाहा छ—
व्यस्ततामा दिन बिते पनि ऊ गलेकै हुन्छ
व्यस्त हुन पाएन भने पनि ऊ गलेकै हुन्छ

उसले बुझेको छ—
निद्रा खल्बलियो भने शरीरको फुर्ती हराउाछ
ऊ सधैं फुर्तिलो रहन चाहन्छ
र, प्राय:जसो
छिमेकी कोठाको ग्यास–चुह्लोभन्दा अगाडि नै निदाउने गर्छ
पुरूष– उत्तेजनासाग खेल्न चाहन्छे
जब कुनै रात उसकी स्वास्नी
ऊ अप्ठ्यारोमा पर्छ
र, कुनै बाहना गरेर
उसलाई आफूबाट पन्छाउने प्रयत्न गर्छ
भनोस् पनि कसरी उसले आफ्नो मनको कुरा ?
स्वास्नीले खोजेको त्यो पुरूष– उत्तेजना
भोलि—
भनेकै समय र ठाउामा
उसले—
केही धनाढ्य म्यामहरुको सेवामा चढाउनुपर्छ

यसरी एउटा वेश्या– पुरूष
स्वास्नीका लागि सधैं नपुंशक बााच्छ
र, निकम्मा एउटा सरकारलाई
बेरोजगारीको समस्या समाधान गर्न
छाती फुलाएर यसरी सघाउने गर्छ ! !

प्रकाशित : भाद्र ३१, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

फनफनी जिन्दगी

दिनेश अधिकारी

फनफनी जिन्दगी

जाँतो—
काइाली काकीको हातमा
फनफनी घुम्छ

डाक्टर — पैताला
अस्पतालका वार्डहरुमा
फनफनी घुम्छ

फनफनी घुम्छ
घर– घरमा जोगी
र, हल्कारा—
गाउाभरि फनफनी घुम्छ

धर्तीमा ऋतुजस्तै
गुम्बाको मानेजस्तै
ड्राइभरको बिल्ला भिरेको ऊ
मालिकको
ट्रक, बस वा ट्याक्सीका चक्काहरुमा
फनफनी घुम्छ
स्कुले मास्टर
वर्षैंपिच्छे फनफनी
उही पाठहरुमा घुम्छ
गाउाको पुरेत
दिनैपिच्छे फनफनी
रुद्री, चण्डी वा स्वस्तिशान्तिमा घुम्छ
फैक्ट्री–मालिक

मजदुरहरुको कामको निगरानीमा
दिनभरि फनफनी
कारखानाभित्र/बाहिर घुम्छ

र, साँझमा हात पर्छ
कसैलाई चिल्लो त कसैलाई फुस्रो
फनफनी घुमेको
एउटा वा दुइटा रोटी

तर सबैलाई सबैतिर पुर्‍याउने
बिचरो पैताला
फनफनी घुम्छ मात्रै सबैतिर
साँझ परेपछि
फाटेको जुत्ता पनि खोसिन्छ उसबाट
थिच्छ सम्पूर्ण सरिरले त्यसपछि उसलाई
र, केही बोल्नै नदिएर
मुखले पकापक त्यो रोटी चपाउाछ

हरेक रात यसरी
पैताला
आफ्नो नियतिमाथि
फनफनी घुम्छ

भन !
फनफनी यसरी घुम्ने पैताला
तिमी हौ कि म ?
अहिले मलाई
यत्ति मात्रै जान्न मन लागेको छ

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्