चिन्ता


काठमाडौँ — हातसाग मितेरी गाासिसकेको त्यो लट्ठी राख्नेछौ बिस्तारै भुइामा निकाल्नेछौ टोपी फुकाल्नेछौ—छोटकरीमा आफ्नो नाम लेखिएको जर्सी मैलिसकेको नीलो पाइन्ट ।

राज्यको नुनयुक्त पसिनाले भिजेर
अलिकति गन्हाउनेछ व्यवस्था
तर खोल्नेछौ जुत्ता–मोजा ।
यसरी फेरि बेनाम र रित्तो हुनेछौ तिमी,
कामका लागि ज्यानै दिन तयार भए पनि
सक्किसकेछ तिम्रो काम यो देशमा
अब थापेर अन्तिम किस्ता तनाखा
थम्थमाउने कोसिस गर्नेछौ
उफ्रिरहेका सपनाहरुलाई ।
भोलिबाट फेरि
आधा पेट खाएर वा भोकै
नयाा रोजगारीको खोजीमा
निस्किनुपर्नेछ तिमीले डेराबाट
व्यवस्थाले सोच्नेछैन—
तिमी फर्किएका छौ भर्खरै
सुरक्षाको पहिलो घेराबाट ।
तिमीहरु चाहिरहेछौ—
कसैले त सोचिदेओस् तिम्राबारेमा,
तर भाइबैनीहरु १
उति चिन्तित छैन म
म्यादी प्रहरीहरुका बारेमा ।
यसबेला मलाई
अरु कसैको चिन्ता छ ।
विजय र्यालीको बाजागाजा
र हर्ष उन्मादले प्रदूषित वातावरणमा
म सोचिरहेछु—
मजस्तै ती करोडौं ‘प्रजा’ हरुको बारेमा,
सदिंयौदेखि जो छन् दासताको जालमा
तर बनाइएकै छन् ‘म्यादी नागरिक’
कालाकाला कालखण्डको अन्तरालमा !
प्रकाशित : माघ १३, २०७४ ११:१४