क्यान्सर परीक्षणमा नयाँ 'उत्साहजनक' उपलब्धि: वैज्ञानिक- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सर परीक्षणमा नयाँ 'उत्साहजनक' उपलब्धि: वैज्ञानिक

बीबीसी

लण्डन — अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरूले एउटै रगत परिक्षणबाट विभिन्न ८ प्रकारका क्यान्सर भएनभएको पत्ता लगाउने परिक्षणको विकास गरेको बताएका छन् ।

क्यान्सरले विकराल रुप लिनु अगावै यस परिक्षणबाट पत्ता लाग्ने वैज्ञानिकहरुको दाबी छ ।


वैज्ञानिकहरुले एक हजार क्यान्सर रोगीका रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए। क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सक्ने देखिएको छ । उक्त परिक्षणबाट ७० प्रतिशतमा क्यान्सर रहेको पत्ता लागेको थियो ।१ हजार पाँच जना क्यान्सरका बिरामीमागरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, पित्त थैली लगायतमा क्यान्सर भएको पत्ता लागेको थियो।


'क्यान्सर सिक' भनिने उक्त परीक्षणको सीमा बढाएर आममानिसको सहज पहुँचमा पुर्‍याउन सकिने 'साइन्स' जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ।


यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बताइएको छ ।

प्रकाशित : माघ ५, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ६ प्रमुख भन्छन्– ‘अभिभावकीय भूमिका निर्वाह गर्छु’

प्रकाश अधिकारी

सुर्खेत — प्रदेश ६ को प्रमुखमा नियुक्त दुर्गाकेशर खनालले संविधान र कानुनको परिधिमा रही कुशल अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन् । उनले संविधान र कानुनले तोकेको काम गर्नु नै आफ्नो मुख्य कर्तव्य भएको बताए ।

‘संघीय नेपालकै पहिलो प्रदेश प्रमुखजस्तो सम्मानित पद सम्हाल्ने अवसर पाएको छु,’ उनले भने, ‘व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर सरकारले दिएको जिम्मेवारी पुरा गर्छु ।’ ६ नम्बर प्रदेशको सम्वृद्धि र विकासका लागि आफूले प्रदेश र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए । ‘पिछडिएको प्रदेशको प्रमुखमा नियुक्त भएको छु । यो अवसरसंगै चुनौती पनि हो,’ खनालले भने ।

सरकारले प्रदेश प्रमुख नियुक्त गरेसंगै खनाललाई घरमै पुगेर बधाई तथा शुभकामना दिनेहरुको भीड लागेको छ । वीरेन्द्रनगर ७ इत्रामस्थित उनको निवासमा बधाई दिन बिहीबार पनि आफन्त/शुभेच्छुकहरुको लस्कर थियो । प्रदेश प्रमुख नियुक्ति लगत्तै प्रहरीले सुरक्षाको बन्दोबस्त मिलाएको छ । प्रहरी हवल्दारसहित दुई प्रहरीले खनालको घरमा सुरक्षा दिइरहेका छन् ।

क्षेत्रीय प्रशासन कार्यालयले प्रमुख प्रमुखको कार्यालय तथा आवासका लागि मध्यपश्चिम क्षेत्रीय तालिम केन्द्र तथा वन निर्देशनालयमा व्यवस्थापन गर्ने तयारी गरेको छ । प्रशासनद्वारा गठित कार्यदलको सिफारिस र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको अनुमतिमा क्षेत्रीय वन परिसरमा व्यवस्थापन गर्न लागिएको हो ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टी राजनीतिमा निष्क्रिय थिए । उनी सुर्खेत कांग्रेसका संस्थापक हुन् । २००३ सालमा सुदुरपश्चिम डोटीको दिपायलमा जन्मिएका खनाल सुर्खेतमै हुर्किए । विद्यार्थी कालदेखि उनको संगत प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग थियो । नेपाल विद्यार्थी संघ गठन हुनुपूर्व काठमाडौं अध्ययनरत सुदुरपश्चिेमली विद्यार्थीहरुको संगठन ‘सुदुरपश्चिमाञ्चल छात्र संघ’का देउवा अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिए । विपी कोइराला सुन्दरीजल जेलबाट छुटे लगत्तै उनी विपीलाई भेट्न वनारस पुगेका थिए । विपीकै अनुरोधमा २०२८ सालमा उनले सुर्खेतमा कांग्रेसको जिल्ला कमिटी विस्तार गरेका हुन् ।

०३६ देखि ०४८ सालसम्म उनी कांग्रेसको जिल्ला सभापति भए । उनलाई पार्टीले ०४८ सालमा राष्ट्रिय सभा सदस्य बनायो । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पटकपटक जेल जीवन बिताएका खनालको स्थानीय राजनीतिमा इमान्दार नेताको परिचय बनाएका थिए । बिए/बिएड अध्ययन पुरा गरेका उनले तत्कालिन पब्लिक हाइस्कूल (अहिलेको जनउच्च मावि) मा प्रधानाध्यापकको रुपमा काम गरेका थिए ।

प्रकाशित : माघ ५, २०७४ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×