सुर्खेतका मधुसूदन काफ्लेले सुरु गरेको क्षयरोगविरुद्धको अभियानलाई विश्व स्वास्थ्य संगठनले ‘डब्लूएचओ वान प्लस वान इनिसिएटिभ’ का रूपमा अघि बढाएको हो । हाल यो अभियान विश्वका ९५ भन्दा बढी देशका युवाहरूमाझ पुगेको छ ।
चैत्र १४, २०८०
अर्घाखाँचीको सन्धिखर्कका ३२ वर्षीय कमलजंग कुँवरले सुरु गरेको ड्याडिज किचनका खाना र खाजाका गरेर बुटवल, पोखरा र काठमाडौंमा गरी १८ आउटलेट सञ्चालनमा छन्
चैत्र १३, २०८०
‘बुबाको निधनपछि आमामा डिप्रेसनका लक्षणहरू देखिन थालेका थिए । बुबा बित्दा हामीलाई नराम्रो झट्का लागेजस्तो भयो, आमाले हामीलाई सम्हाल्नुभयो । हामी त बिस्तारै सामान्य भयौं, तर आमाले आफैंलाई सम्हाल्न सक्नुभएन ।’
सहर बजारमा विदेशी गीतको प्रभाव बढ्दै गए पनि युवा पुस्ताको प्रवेशपछि भने पश्चिम नेपालमा चर्चित देउडाको बजार अझै विस्तार भएको छ । खेल्ने, माया गर्ने, गाउने र फलो गर्ने घटेका छैनन् ।
चैत्र १२, २०८०
व्यावसायिक जीवनमा गएका वा रोजगारयुक्त श्रममा पुरुष जत्तिकै स्पर्धाका साथ अघि बढेका महिलालाई कार्यालय समयअघि र पछि पनि घरको कामले कुरिरहेको हुन्छ । लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्याल पनि त्यसैमध्येकी एक हुन् ।
चैत्र ११, २०८०
नेपालको आन्तरिक उडानमा रहेका ९ वटा वायुसेवामध्ये बुद्ध एयर सर्वाधिक जहाज भएको कम्पनी हो । नेपालमा मात्रै होइन, एसियामै सर्वाधिक एटीआर विमान उडाउनेमा बुद्ध एयरको नाम अग्रपंक्तिमा आउँछ
चैत्र ९, २०८०
डा. आर्ने ड्रिउजले गोरखाको आँपपीपलमा सन् २०१२ मा अस्पताल भवन र २०१६ मा नर्सिङ भवन बनाइदिए । सदरमुकाम गोरखा बजारदेखि ४५ किलोमिटर परको अस्पतालसम्म पुग्न आँपपीपल भन्ज्याङदेखि १६ सय मिटर बाटो पनि खनाइदिए, बाटो पुगेपछि अस्पताललाई दुई जिप र एक एम्बुलेन्स किनिदिए, बस किन्न नपुग रकम पनि हालिदिए ।
चैत्र ८, २०८०
पचासको दशकमा साँझपख..., सम्झना तिम्रो..., आँखामा तिमीलाई... जस्ता चर्चित गीत–संगीत सिर्जना गरेर नवीन के भट्टराईले लाखौं युवाको मुटुलाई तरंगित बनाएका थिए
चैत्र ६, २०८०
किशोरकी आमा दिव्यावती जीवनको मध्यान्तरमा दरबार पसिन्, झुपडीदेखि दरबारसम्मका सुखदुःखलाई नजिकैबाट देखिन्, जमिनदारसँग हक लिन साहसी भएर लडिरहिन् अनि विभिन्न तनावबीच पारिवारिक जिम्मेवारीको डुंगा पार गराइन्
चैत्र ५, २०८०
२१ वर्षअघि निजामती सेवाको अधिकृतका लागि २१ हजार प्रतिस्पर्धीका बीचबाट ७७ जनामा नाम लेखाउन सफल काभ्रेका कृष्णप्रसाद ढकाल उपसचिवको खुला प्रतिस्पर्धाको टपर हुन्, जो अन्य समूहको सेवाबाट परराष्ट्रमा जाने विरलै ‘करिअर डिप्लोम्याट’ मा पर्छन्
चैत्र ४, २०८०
अहिलेसम्म १ करोड ८४ लाख यात्रुलाई मनकामना मन्दिरसम्म पुर्याउने र ल्याउने काम गरेको मनकामना केवलकारले सात वर्षमै उठायो लगानी, २०५५ सालमा ६५ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याइएको थियो
चैत्र ३, २०८०
पाल्पाको निस्दी–७, ज्यामिरेका देवा थापा ज्यानमा आफूभन्दा दोब्बर आकारका पहलमानलाई चातुर्यपूर्ण ढंगले पछारिरहेको देख्दा जोकोही दंग पर्छन्
चैत्र १, २०८०
फाल्गुन २९, २०८०
मुनाले अहिलेसम्म छोरीको एउटै खेल हेरेकी छैनन् । ‘खेल्दा लडेको, चोटपटक लागेको दृश्यले मम्मीलाई साह्रै दुख्छ,’ रुविनाले भनिन्, ‘त्यसैले अहिलेसम्म मेरो खेल हेर्ने आँट गर्नुभएको छैन ।’
फाल्गुन २८, २०८०
धेरैजसो सहपाठी अस्ट्रेलिया, अमेरिका गइरहेका बेला पूजा न्यौपाने भने लोक सेवा आयोगले २९ अधिकृतका लागि खुलाएको आवेदनमा सहभागी भएका ५ सय २४ प्रतिस्पर्धीमा पहिलो बनिन्
फाल्गुन २७, २०८०
आँखाभित्र राख्ने लेन्स नेपालमै बनाउन सकिन्छ भन्दा कुनै बेला महत्त्वाकांक्षी सोच भन्दै आलोचना गरिन्थ्यो । तर, डा. सन्दुक रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ६५ लाखभन्दा बढी आँखामा लगाइएको छ
फाल्गुन २५, २०८०
महिला चिकित्सकको यो टोलीले अहिलेसम्म राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी दुई सातामा ६० वटा शल्यक्रिया सम्पन्न गरिसकेको छ
फाल्गुन २३, २०८०
अर्जेन्टिनामा सार्वजनिक कम्पनीको निजीकरणसम्बन्धी विधेयकले कानुनी मान्यता पाए ठूलो मात्रामा रोजगारी गुम्ने र लाखौं जनताले सस्तो आवास गुमाउने भन्दै राष्ट्रपति मिलेईविरुद्ध प्रदर्शन
फाल्गुन २२, २०८०
दुर्घटनामा आमा गुमाएका चन्द्र पनि मृत्युको मुखमा पुगे । असह्य पीडा, जलन, दुःख, बेचैनी र हैरानीबाट थोरै तंग्रिएका उनी आमाको निधनको ठीक एक वर्षपछि किरिया बसिरहेका छन् ।
विराटनगरका शाहिल र एलिना प्रसाईंले घाइते सडक कुकुरहरूको उपचार गर्ने गरेका छन् । सुरुमा घाइते कुकुरलाई घरमै राखेर उपचार गरेका उनीहरूले संख्या बढ्दै गएपछि विराटनगरस्थित पुष्पलाल चोक नजिकैको घर भाडामा लिएर कुकुरको उपचार गरिरहेका छन् ।
फाल्गुन २१, २०८०
विवाहित विभालाई छोरीको पनि स्याहार गर्नुपर्ने थियो, तर उत्साह दिइराख्ने बाआमा र कुरा बुझ्ने जीवन साथीका कारण निराशामा समय गुजार्नु परेन
फाल्गुन २०, २०८०
६ दशकअघि ६ वटा बसबाट सेवा थालेको साझाले बीचमा निकै अवरोह खेप्नुपर्यो, अहिले भने ७१ डिजेल र ४० विद्युतीय गरी १११ बसले सेवा दिइरहेको छ
फाल्गुन १९, २०८०
दिवाकरको नेतृत्वका स्थापित ग्लोबल युथ पार्लियामेन्टमा हाल ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन् । तीमध्ये ८० देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेका छन् ।
फाल्गुन १८, २०८०
कांग्रेस र माओवादीका बैठकमा जनजीविका र शासकीय बेथितिका मुद्दा प्राथमिकतामै परेनन्, प्रमुख प्रतिपक्षी एमालेले पनि सत्तासँग सौदाबाजी गरेको आरोप
फाल्गुन १७, २०८०
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्यमा राष्ट्रिय संयोजक रहेकी एनी जोशीले कम्बोडियाको पुरातात्त्विक स्थल अंकोरवाटमा पनि काम गरिरहेकी छन्
फाल्गुन १६, २०८०
इजरायल र उसका निकट सहयोगी अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकप्रति आक्रामक हुथी विद्रोहीले इजरायल–हमास द्वन्द्व सुरु भएयता लालसागर (रेड सी) मा कार्गो जहाजहरूलाई अवरोध सिर्जना गर्दै आएका छन् ।
फाल्गुन १५, २०८०
आमाका केही विशेष बानी–व्यवहारले नै ‘आफ्नो जीवनको बाटो मोडिएको हो’ भन्छन् सीके, आमाले भनेझैं उनले खुबै पढे, आमाकै कारण उनमा दर्शनशास्त्रप्रति ठूलो झुकाव रह्यो
फाल्गुन १४, २०८०
परीक्षाका बेला समय व्यवस्थापन सबभन्दा महत्त्वपूर्ण रणनीति हो । यसका लागि लिखित परीक्षामा सोधिने प्रत्येक प्रश्नलाई १६ मिनेटमा सक्काउने अभ्यास गरे अर्बिनले ।