छोरी सफलताको पखेटा हालेर जितको सिमाना काटिरहेका बेला मुनामाया छोरीलाई सम्झिरहन्छिन् । प्रतिमा सामुन्ने पुगेर गर्वले छाती फुलाउँछिन् । गाउँलेहरू भन्छन्, ‘यो त्यही छोरी हो, जो बच्चामा गाउँभरिका मोजा बटुल्थी र त्यसैको बल बनाएर दाजुहरूसँग भकुन्डो खेल्थी ।’



















