साम्बा चोकमा छोरी कुर्दै बस्छिन् मुनामाया

छोरी सफलताको पखेटा हालेर जितको सिमाना काटिरहेका बेला मुनामाया छोरीलाई सम्झिरहन्छिन् । प्रतिमा सामुन्ने पुगेर गर्वले छाती फुलाउँछिन् । गाउँलेहरू भन्छन्, ‘यो त्यही छोरी हो, जो बच्चामा गाउँभरिका मोजा बटुल्थी र त्यसैको बल बनाएर दाजुहरूसँग भकुन्डो खेल्थी ।’

Munamaya waits for her daughter in Samba Chowk

नाजिर हुसेनकी आमा : बीच बाटोमै छुटेकी मीना बेगम

‘तँ नाटक गर्, गीत गा, जे जे गर तर अहेब पनि बन् है कान्छा,’ मीना झक्झकाइरहन्थिन् । सायद मीना भइरहन्थिन् भने नाजिरले आमाको यो सपना पनि पूरा गरिदिन सक्थे । तर बीचमै छुटिन् । नाजिर एक्लो भए । पूरा भएन त्यो सपना ।

Nazir Hussain's mother: Meena Begum, who was lost in the middle of the road

तुलसी घिमिरेका सिर्जनामा निरक्षर आमाको दर्शन

तुलसीलाई मन थियो, ‘आमामाथि फिल्म बनाऊँ, आमालाई नै खेलाऊँ ।’ फिल्म खेल्नका लागि अब आमा नर्वदा त छैनन्, तर आमाको अवतारमा कुनै कलाकार सोचिबसेका छन् । जसले आमाको भावनालाई न्याय गर्न सकुन् । तुलसी एउटा दृढ वाचा कस्छन्, ‘अब म फिल्ममा आमाको आँखाबाट संसार चियाउन चाहन्छु ।’

सुन बेचेर छोरीलाई क्रिकेटर बनाएकी मोतीमाया

खेल जीवनमा ३३ देश घुम्दा जहाँ पुगे पनि उनलाई लाग्थ्यो, ‘यहाँ मसँगै आमा भइदिएको भए ?’ सीता अब त्यही रहरलाई यथार्थमा बुन्न चाहन्छिन् ।

Motimaya who made her daughter a cricketer by selling gold

बिकी अग्रवालकी आमा : छोराको ‘दरबार’ हेर्न नपाई अस्ताइन् दुर्गा

आमा के थिइन् ? सँगै हुँदा सायद महसुस गरेनन् बिकीले । अहिले थकथकी लाग्छ, ‘आमा त सबथोक थिइन् ।’ आमाले भनेका कति सुने, कति सुनेनन् । त्यसको लेखाजोखा त उनीसँग छैन, तर तिनै गाली, आदेशहरू आमाका स्वरमा सुनिरहन चाहन्छन् । आफैंलाई सोध्छन्, ‘आमाको महत्त्व गुमाएपछि मात्र किन थाहा पाइस् ?’

Biki Aggarwal's mother: Durga died without seeing her son's 'Darbar'

जलनपीडितमा मलहम भर्नेकी आमा

आगो र एसिडबाट जल्नेहरूले जसरी आफ्नो घाउ बिर्सन सक्दैनन्, त्यसरी नै त्यो घाउमा मलहम लगाउन हिँडेका उज्ज्वललाई बिर्सन सक्दैनन् । भावना साँघुरिँदै गएको सहरमा करुणा रसले भरिएका उज्ज्वलभित्र यो हृदय कहाँबाट आयो ? उनी लामो नसोची फ्याट्टै भन्न सक्छन्– पक्कै आमाबाट !

The mother of the burn victim

पर्दामा पनि छोराको पराजय देख्न नसक्ने विजयकी आमा

आफ्ना लागि कहिल्यै सपना देख्न नपाएकी आमाका मसिना सपनाहरू पूरा गर्नु छ विजयलाई, चिनादेवीलाई छोराले काठमाडौंमा ठड्याएको घरमा छोराबुहारी र नातिसँगै बस्नु छ, मन लागेका ठाउँहरूमा घुम्न जानु छ, सन्तानका थप उन्नति हेर्नु छ । ‘पूर्णबहादुरको सारङ्गी’ मा जिम्मेवार बा बनेका विजय यतिबेला प्रतिबद्ध छोराका रूपमा प्रस्तुत हुन खोजिरहेका छन् ।

Vijay's mother who could not see her son's defeat even on screen

पाँचै छोराको खबरदारी गरिरहने आमा

२०५३ देखि विद्यार्थी राजनीतिमा सक्रिय महेश २०७९ को प्रतिनिधिसभा चुनावमा मकवानपुर–२ बाट विजयी भए । उनको राजनीतिक यात्रामा आमा सधैं दाहिने भइन् । टाढा–टाढासम्म कार्यक्रममा जानुपर्दा पनि कहिल्यै रोकिनन् ।

A caring mother of five sons

विश्वप्रकाश शर्माकी आमा : खस आमाको कोख जनजाति आमाको काख

विश्वप्रकाशको जीवनमा दुई आमा भए, एकातिर जन्मदिने आमा सावित्री शर्मा थिइन् भने अर्कोतर्फ नाबालकलाई हुर्काउने आमा देउकुमारी श्रेष्ठ । अहिले दुवै आमा नभए पनि विश्वप्रकाशमा दुवैका गुण छन्, नरम हुनुपरेमा सावित्रीजत्तिकै र कठोर बन्नुपरेमा देउकुमारीजत्तिकै । बाआमा नै शिक्षक पाएका विश्वप्रकाश पढ्नमा तेज थिए नै, राजनीतिमा अभिभावकले साथ दिए ।

Vishwaprakash Sharma's mother: Khas mother's bosom tribal mother's bosom

सुभाष नेपालीकी आमा : नागाल्यान्डमा मजदुरी गरेका छोरा राष्ट्रसंघका आर्थिक सल्लाहकार

घरको आर्थिक संकट बढेपछि एक दिन बाले भने, ‘अब तिमी नपढ, कमाउनुपर्छ ।’ तर आमाले अड्डी कसिरहिन्, ‘हैन, कसरी हुन्छ छोराले पढाइ छोड्नु हुन्न, पढेर मात्र दुःखबाट छुटकारा मिल्छ ।’ पछि सुभाषले स्नातक तहमा बुटवल बहुमुखी ‘टप’ गरेपछि पहिले जातीय भेदभाव गर्ने गाउँले सबै चकित परे, उनीप्रतिको सामाजिक धारणा एकाएक बदलियो । शिवकला शिर ठाडो पारेर हिँड्न सक्ने भइन् ।

जसले गहना बेचेर खगेन्द्रलाई कलाकार बनाइन्

बिहान साढे ७ बजे गाडी चढ्नु थियो । बुबाले २० हजार छोराको हातमा थमाइदिए, ‘पैसा कहााबाट आयो ?’ मनमा कुरा खेल्दाखेल्दै जाने बेला भयो, अकस्मात् उनका आँखा आमाको गलामा पर्‍यो, गहनाले सजिने आमाको गला त्यस दिन रित्तो थियो, उदास आँखाले आमालाई हेरे । आमाको आँखाले भनिरहेको थियो, ‘मैले बच्चाका लागि गर्न सक्ने नै यही हो’

Who made Khagendra an artist by selling jewellery

सुहाङ नेम्वाङलाई बुबा सुवासकै पथमा देख्न चाहने आमा

सुवास नेम्वाङ हिँडेको बाटोलाई फराकिलो बनाउन जीवनका थुप्रै समय खर्चिइन् विशालले, त्यो बाटोमा हिँड्दाहिँड्दै जोडी त छुटे, तर उनले यात्रामा छोडेको सुवास छोरा सुहाङले बोकिरहेका छन्

A mother who wants to see Suhang Nemwang on the same path as his father Suwas

कम्युनिस्ट छोराबाट बदलिएकी आमा

छोराले पढ्न पाउला भनेर बाले नक्सालस्थित गलकोटे राजाको घरमा राखिदिए तर पढ्न कहाँ पाउनु ? शोषण र यातनाले गलेका चित्रबहादुरले आमालाई चिठी लेखे, ‘यहीं बसें भने बााच्दिनँ, फर्किन्छु ।’ चिठी पढेपछि ‘छोरा मर्नुभन्दा बरु म बुच्चो बस्छु’ भन्दै आमा पार्वतीले कानका गहना झिकेर पठाइदिछन् ।

A mother converted from a communist son

कान्छीलाई ‘ठूली’ बनाउने संकल्प लिएकी भगवती चौधरीकी आमा

लगालग पाँच छोरी जन्माएकी लिटियादेवीका लागि घरपरिवारदेखि समाज सहयोगी थिएन, पछि एक छोरा र कान्छी छोरी भगवतीलाई जन्म दिइन् ।आफू निरक्षर हुँदाको पीडाबोध गरिरहने आमा सन्तानलाई हरहालतमा पढाउन चाहन्थिन् । पाँच छोरीलाई त उनले भनेजति पढाउन पाइनन्, कान्छी भगवतीलाई जसरी पनि पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो । भगवती पढीगुनी मन्त्रीसमेत बनिन्, त्यसबेलासम्म आमा उनको साथमा थिइनन् ।

A mother who has decided to make the younger one 'big'

सामाजिक विभेद सामना गर्दै सन्तान हुर्काउने आमा

अप्ठ्यारो समयबारे जीवन आमा कालिकाकै हृदयबाट सुन्न चाहन्छन् । कालिका चार दशकअघि छुटेका समयतिर फन्को मार्छिन् र सुस्केरा हाल्दै छोरासँग पोखिन्छिन्, ‘दुःखको कुरा त सोध्दै नसोध्नु, जागिर नाइँ, भारी बोकेर, मेलापात गरेर, मलका डोको बोकेरै सन्तान हुर्काएकी हुँ । साह्रै संघर्षले हुर्काएँ ।’

A mother who raises children in the face of social discrimination

आमाकै जोडबलले फुटबलर बनेकी अञ्जना

एक बिहान सुशीलाले छिमेकी युवतीहरू फुटबल खेल्न गइरहेको देखिन् । उनले बिहानभरि ओछ्यानमै हुने छोरी अञ्जनालाई पनि पठाउने सोचिन् । त्यसताका रौतहटकै अनु लामा फुटबलबाट निकै चिनिएकी थिइन्,

Anjana became a footballer due to her mother's efforts

‘गुड टच’, ‘ब्याड टच’ सिकाउने सगुना शाहकी आमा

पिरियडका बेला प्याड प्रयोगबारे सिकाउने आमा, कसैको दुर्व्यवहारविरुद्ध लड्न सिकाउने आमा, स्विमिङ र तेन्वान्दोको तालिम लिन पठाउने आमा, केही पर्दा केटा मान्छेको गुहार माग्ने हैन, निर्धक्क र सक्षम हुनुपर्छ भनी सिकाउने आमा हुन् संगीता

Saguna Shah's mother who teaches 'Good Touch', 'Bad Touch'

विशाल श्रेष्ठकी आमा : गोल रक्षककी संरक्षक

गोलकिपर विशाल कुनै बेला अन्योल भविष्य देखेर आत्तिन्छन् । आमा मिश्रीले आडभरोसा दिन्छिन् । मन पोलिरहेका बेला स्नेहले सम्झाउँदै शीतल बनाउँछिन् । उनी चाहन्छिन्, ‘छोराका लागि फुटबलको विकल्प फुटबल मात्र होस् ।’

Vishal Shrestha's mother: Guardian of the goalkeeper

दौरासुरुवाल लगाएर खेत जोत्ने श्रवण मुकारुङकी आमा

जुरुक्क उठेर नुन लिन हिँडेका श्रीमान् घनश्याम तीन महिनासम्म हराए । सामान्य जिम्मेवारी पनि पूरा नगर्ने श्रीमान्‌कै कारण विष्णुरेखाले गह्रुँगा दुःख झेलिरहनुपर्‍यो । श्रीमान्‌को अनुपस्थितिमै तराईमा झोडा फाँडेर घर बनाइन्, दौरासुरुवाल लगाएरै खेत जोतिन् । पछि सौता ल्याएपछि श्रीमान्‌विरुद्ध बहुविवाहको मुद्दा नै ठोकेकी विष्णुरेखा पटुकीमा भने सधैं घनश्यामको श्यामश्वेत तस्बिर जतनले बोकी हिँड्थिन् ।

Shravan Mukarung's mother, who plows the field wearing a daurasuruval

जितुका लागि हरपलकी साथी थिइन् योगमाया

‘प्रेमयुद्ध’ फिल्ममा जितुलाई ‘भिलेन’ ले मस्त कुटेको दृश्य हेर्दाहेर्दै हलमै रोइन् योगमाया । घर पुग्दा पनि उनी रोइरहेकै थिइन् । छोरो कुट्ने त्यो ‘भिलेन’ लाई तीन दिनसम्म गाली गरिरहिन् उनले । भनिरहिन्, ‘मेरो छोरालाई पिट्ने त्यसले ?’ आँसु झार्दै जितुलाई सम्झाइन् पनि, ‘ए कान्छा ! यस्तो अरूले पिट्ने फिलिम नखेल न !’

Yogamaya was Jitu's constant friend
Link copied successfully