२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

काठमाडौँ — बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म बन्ने भएको छ । एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म निर्माण गर्न लागेको बताए । फिल्म अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा बन्ने जनाइएको छ ।

बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने

निर्माताले चलचित्र विकास बोर्डमा ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ शीर्षकको फिल्मका लागि निर्माण इजाजत समेत लिइसकेका छन् । फिल्मको पटकथा शिवम् अधिकारीको रहेको छ । उनले निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई फिल्मको स्क्रिप्ट बुझाइसकेको बताए ।

शिवमका अनुसार बालगायक दर्जीको संगीत करिअरमा टंकले पुर्‍याएको योगदान र कथित तल्लो जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देश नै फिल्मको मुख्य कथावस्तु रहेको बताए । फिल्मको नाम पाँच वर्षअघि रिलिज भएको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाट तय गरिएको हो ।

अधिकारीले गत साता आफ्नै शब्द र अभिनयमा रहेको ‘दुनिया नै लट््ठ छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । ग्लोवल गोर्खा समाजका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक अधिकारी लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरनए) मा आवद्ध छन् । गोरखामा जन्मिएर काठमाडौं र लण्डनलाई कर्मथलो बनाउँदै आएका अधिकारी शैक्षिक परामर्शदाता पनि हुन् ।

प्रकाशित : वैशाख ७, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?