कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

थिम पोस्टर सार्वजनिक गर्दै 'दि कर्मा' फिल्म घोषणा

श्रावण २५, २०७४

काठमाडौं — थिम पोस्टर सार्वजनिक गर्दै नेपाली फिल्म 'दि कर्मा' घोषणा गरिएको छ ।

तराईका नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहेर उक्त फिल्म बनाउन लागिएको निर्देशक विश्वदीप घिमिरेले जानकारी दिए ।

 थिम पोस्टर सार्वजनिक गर्दै 'दि कर्मा' फिल्म घोषणा

थिम पोस्टर सार्वजनिक गर्दै नेपाली फिल्म 'दि कर्मा' घोषणा गरिएको छ ।

तराईका नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहेर उक्त फिल्म बनाउन लागिएको निर्देशक विश्वदीप घिमिरेले जानकारी दिए । फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ ।

दिपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्यांग टिल डेथ' लगायतका टलिउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो चलचित्रमा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् । फिल्ममा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ । करण भारतका सफल मोडल हुन् ।

फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ । भदौमा हुने मुहुर्तमा चलचित्रमा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन् ।

जय राज रायको कथामा रहेको यस चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् ।

जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि फिल्मको प्रदर्शन गरिने निर्माता रायले बताए ।

प्रकाशित : श्रावण २५, २०७४ ११:१८
x
×