कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीति र कुटनीतिमा नेपाली महिलाको सहभागिताबारे स्पेनमा चर्चा

भरतपुर महानगरपालिका र बार्सिलोनाले प्रविधि, संस्कृति, खेलकुदमा सहकार्य गर्ने

काठमाडौँ — राजनीति र कुटनीतिमा नेपाली महिलाको सहभागिताका विषयमा स्पेनमा चर्चा भएको छ । यूरोपको भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुलीले संयुक्त रुपमा त्यहाँका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु तथा कुटनीतिक काममा संलग्न व्यक्तिहरुसँग 'राजनीति र कुटनीतिमा नेपाली महिला' विषयक कार्यक्रम राखेर चर्चा गरेका हुन् । 

राजनीति र कुटनीतिमा नेपाली महिलाको सहभागिताबारे स्पेनमा चर्चा

दूतावासका अनुसार नेपालको परराष्ट्र नीति र नेपालको महिला प्रगतिबारे उपस्थित विद्यार्थीहरु र अन्य सहभागिहरुले विभिन्न प्रश्नहरू सोधेका थिए ।

नेपालमा कूटनीतिक र राजनीतिक परिप्रेक्ष्यमा महिलाहरूले सामना गर्नुपरेको र सामना गरिरहेका चुनौतीहरूको बारेमा उनीहरुको जिज्ञासा थियो । मेयर दाहालले नेपालमा हालसम्म महिलाले राजनीतिक रूपमा हासिल गरेका उपलब्धिबारे चर्चा गरेकी थिइन् । राजदूत पराजुलीले नेपालको भौगोलिक अवस्थिति नेपालको लागि अवसर भएको र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकासमा नेपालको परराष्ट्र नीति महत्वपूर्ण भएको उल्लेख गरिन् ।

दूतावासका अनुसार बार्सिलोनाका मेयर र राजदूत पराजुलीबीच सोमबार भेटघाट हुँदैछ । र, उक्त अवशरमा भरतपुर र बार्सिलोना बीच प्रविधि, संस्कृति, खेलकुदमा सहकार्य गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०८० १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?