नेपालमा ५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतबाट सबैभन्दा धेरै 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हालसम्म ५७ मुलुकबाट प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक्ष वैदेशिक लगानी सर्भे प्रतिवेदनअनुसार २०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ ।

नेपालमा ५७ मुलुकबाट भित्रियो वैदेशिक लगानी, भारतबाट सबैभन्दा धेरै 

मुलुकमा कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी आएको छ ।

त्यस्तै दोस्रोमा चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । औद्योगिक क्षेत्रमा प्रत्येक्ष वैदेशिक लगानीको हिस्सा सबैभन्दा धेरै ६२ प्रतिशत रहेको पाइएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।


प्रकाशित : आश्विन १०, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?