कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करका दर हेरफेरबारे स्वर्णिमले संसदमा उठाए तीन प्रश्न  

काठमाडौँ — अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको विवादित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा तीन प्रश्न उठाएका छन् । कागज र औपचारिकता मिलाएर नियमावली संशोधन गरेर अख्तियारले पनि समात्न नसक्नेगरी सेटिङमा हुने भ्रष्टाचार आगोझैं सल्किएको भन्दै वाग्लेले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तोडेरै छाड्ने संकल्न लिएको बताए ।

करका दर हेरफेरबारे स्वर्णिमले संसदमा उठाए तीन प्रश्न  

स्पन्ज आइरन, विद्युतीय गाडी तथा आलुप्याजमा बढाइएका करका दरका विषय विवादित बनेको भन्दै वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतसमक्ष ३ प्रश्न गरे । ‘यो वर्ष षडयन्त्रपूर्वक निश्चित घरानालाई उचित लाभ पुग्नेगरी करका दर हेरफेर गरिएको छ कि छैन ?’ वाग्लेको प्रश्न छ ‘एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारको भूमिकामा राखिएको हो कि होइन ? सिंगो भन्सार प्रणाली संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तर्राष्ट्रिय संस्थाका मापदण्ड र विधि अवलम्वन गर्न सक्ने सयौंको जनशक्ति बनाउन यो वर्ष अर्थमन्त्रीको पहल होला कि नहोला ?’


प्रकाशित : जेष्ठ २३, २०८० १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?