कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान रोपाइँका लागि कोशी प्रदेशमा भित्रियो ८६ हजार बोरा मल

विनोद भण्डारी

विराटनगर — कृषि सामाग्री कम्पनी कोशी प्रदेश कार्यालय विराटनगरले बर्खे धान रोपाइँका लागि ८६ हजार बोरा डीएपी मलको व्यवस्था गरेको छ । कम्पनीलाई भारतको आईपीएल कम्पनीले टेण्डर मार्फत उपलब्ध गराएको उक्त मल सोमबार जोगबनी नाका हुँदै विराटनगर आइपुगेको छ ।

धान रोपाइँका लागि कोशी प्रदेशमा भित्रियो ८६ हजार बोरा मल

कम्पनीले बर्खे धानका नाममा आयात गरेको उक्त मल मागको २५ प्रतिशत मात्र हो । कोशी प्रदेशका १४ जिल्लामा झण्डै ३ लाख ४० हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । सो खेतीका लागि करिव ३ लाख ५० हजार बोरा डीएपी मल आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रदेशभरका लागि ८६ हजार बोरा अर्थात् ४ हजार ३ सय टन डीएपी आयात गरेको छ । ‘ल्याइएको मल मागको करिव २५ प्रतिशत मात्र हो । आयात भएको डीएपीमध्ये ८ हजार ६ सय बोरा स्टक राखेर कम्पनीले ७७ हजार ७ सय बोरा प्रदेश कृषि मन्त्रालयको सिफारिसमा सहकारी मार्फत बिक्री गर्ने छ’ कम्पनीका अधिकारी होम पराजुलीले भने ।

उनका अनुसार यो मल प्रदेशमा धान रोपाइँ गर्ने प्रत्येक किसानलाई १० किलोका दरले मात्र उपलब्ध हुने स्थिति छ । गतवर्ष पनि यो प्रदेशका हरेक किसानले धान रोपाइँका लागि १० किलो मात्रै डीएपी मल पाएपछि भारतबाटै अवैध भित्रिएको न्यून गुणस्तरको मल प्रयोग गर्न बाध्य भएका थिए ।


प्रकाशित : जेष्ठ २२, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?