कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वाट्सएपले बन्द गरिदियो भारतीय प्रयोगकर्ताका ७४ लाख खाता

एजेन्सी

काठमाडौँ — म्यासेजिङ एप ह्वाट्सएपले एकै महिनामा ७४ लाख भारतीय प्रयोगर्ताका खाता बन्द गरिदिएको छ । आफ्नो प्लाटफर्ममार्फत हुनसक्ने दुर्व्यवहारका घटना रोकथामका लागि कम्पनीले सावधानीको यस्तो कदम अपनाएको हो । उजुरी परेका खाताहरूको विश्लेषण गरेर आवश्यकलाई प्रतिबन्ध गरेको र केही भने कम्पनी आफैंले अध्ययन गरी बन्द गरिदिएको जनाएको छ ।

ह्वाट्सएपले बन्द गरिदियो भारतीय प्रयोगकर्ताका ७४ लाख खाता

ह्वाट्सएपले भारत सरकारलाई बुझाएको पछिल्लो मासिक प्रतिवेदनअनुसार कम्पनीले अप्रिल महिनामा आफ्नै आन्तरिक अनुसन्धानमा आधारित रहेर करिब २४ लाख खाताहरूमा प्रतिबन्ध लगाएको थियो । बाँकी खाताहरू प्रयोगकर्ताको उजुरीउपर अध्ययन गरेपश्चात बन्द गरिएका थिए । 'भारत सरकारको आईटी नीति २०२१ बमोजिम हामीले अप्रिल महिनाको रिपोर्ट सार्वजनिक गरेका छौं,' ह्वाट्सएपले पठाएको प्रतिवेदनमा भनिएको छ, 'प्रयोगर्ताको सुरक्षा सम्बन्धिको यस रिपोर्टमा हामीले प्राप्त गरेको उजुरीको संख्या, हामीले चालेको कदम र हाम्रो प्लाटर्फममा हुनसक्ने दुर्व्यवहारविरुद्ध अपनाइएको सतर्कताका कदमहरूबारे समेटिएको छ ।'

भारत सरकारले सूचना प्रविधि नीति २०२१ मार्फत सोसल मिडिया कम्पनीहरूलाई तिनका प्रयोगर्ता र सर्भरमा संकलित डेटाको संख्या, डेटा उल्लंघन भएका घटनाको विवरण लगायत जानकारी समेटेर हरेक महिना प्रतिवेदन सार्वजनिक गर्न अनिवार्य गरेको छ । डेटा सुरक्षा र गोपनियताको सुनिश्चितताका साथै प्रविधि कम्पनीहरूलाई जवाफदेही बनाउन भारतले दुई वर्षअघि यस्तो नीति ल्याएको थियो ।

यसै सन्दर्भमा प्रयोगकर्ताको प्राइभेसी थप सुनिश्चित गर्न भन्दै ह्वाट्एएपको प्यारेन्ट कम्पनी, मेटाका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले हालै मात्र ह्वाट्सएपको 'च्याट लक' सुविधा सार्वजनिक गरेका थिए । यसअन्तर्गत प्रयोगकर्ताले आफ्ना अन्तरंग संवादलाई छुट्टै फोल्डर बनाएर पासवर्डसहित सुरक्षित राख्न सक्छन् । प्राप्त म्यासेजहरूलाई लक गरेमा त्यसभित्रको कन्टेन्ट र प्रयोगकर्ताको विवरण हेर्न मिल्दैन । पासवर्ड हालेपछि मात्रै म्यासेज हेर्न मिल्छ ।

प्रकाशित : जेष्ठ २०, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?