कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

काठमाडौँ — देशभित्रै खपत गर्ने प्रयोजनका लागि आयात हुने चाँदीको सीमा बढेको छ । अब व्यवयासीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो ।

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

यसअघि प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो । तर, यसरी चाँदी आयात गर्दा राष्ट्र बैंकले तोकिदिएको मापदण्ड भने पूरा गर्नुपर्नेछ । जसमा चाँदी आयात गर्दा प्रचलित व्यवस्था बमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा ‘माष्टर एयरवेज बिल’ समेत संलग्न गर्नुपर्नेछ ।

यस्तै, निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक एक किलोको सीमा नलाग्ने भएको छ । यससम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिकरुपमा महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागमा पेश गर्नु पर्ने व्यवस्था छ ।

प्रकाशित : चैत्र ९, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?