कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

१३ दिनपछि बढ्यो सेयर बजार 

धेरै कमाउनेमा जलविद्युत् र गुमाउनेमा लघुवित्तका लगानीकर्ता 
कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से १३ दिनपछि बुधबार बढेको छ । माघ २६ गतेदेखि निरन्तर रातो अंकमा बन्द भएको परिसूचक आज बुधबार भने हरियो अंकमा बन्द भयो । बुधबार नेप्से ३३. ५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ । कुल १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रहृयो । कारोबार रकम भने १ अर्ब ८० करोडमा सीमित भएको छ । 

१३ दिनपछि बढ्यो सेयर बजार 

धेरैजसो उपसमूह बढ्दा लघुवित्त उपसमूह भने ६१ अंकले घटेको छ । बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत् ९६, जीवन बीमा १९६, उत्पादन ७१, निर्जीवन बीमा १८० तथा अन्य उपसमूह २६ अंक बढे । यस दिन धेरै मूल्य बढेका ५ कम्पनीमा सबै जलविद्युत् कम्पनी रहे भने धेरै मूल्य गुमाउने ५ कम्पनीमा सबै लघुवित्त कम्पनी परे । लिबर्टी इनर्जीको मूल्य ९.८, छ्याङ्दी हाइड्रोको ९.५, दोर्दीको ९, पिपुल्स पावरको ८.४ तथा रिभर फल्सको मूल्य ७.८ प्रतिशत बढ्यो ।

आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । खप्तड लघुवित्तको ७.८, उपकार लघुवित्तको ६.९, सिर्जनशील लघुवित्तको ५.८ तथा आधिखोला लघुवित्तको ५.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।


प्रकाशित : फाल्गुन १०, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?