कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ महिनाभित्रै लेखा परीक्षण सक्न बिमा संस्थान र कम्पनीलाई अर्थमन्त्रीको निर्देशन 

काठमाडौँ — सरकारी स्वामित्वका दुई बीमा कम्पनी राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले विगत ५ वर्षदेखि लेखापरीक्षण गरेका छैनन् । आर्थिक वर्ष २०७३/७४ यता लेखापरीक्षण नगरेका यी दुबै कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सकाउन निर्देशन दिएका छन् ।

३ महिनाभित्रै लेखा परीक्षण सक्न बिमा संस्थान र कम्पनीलाई अर्थमन्त्रीको निर्देशन 

सरकारी बिमा कम्पनीको लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै उनले आजका मितिबाट तीन महिनाभित्रै लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । अधिक सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको सेयर दोस्रो बजारमा पनि कारोबार हुँदै आएको छ । सो कम्पनीको मूल्य युनिलिभरपछिकै सबैभन्दा महँगो छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १३ हजार ४ सय रुपैयाँ छ ।

मन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई पनि अघि नबढाउन निर्देशन दिएका छन् । बैठकमा अर्थमन्त्रालय राजस्व सचिव रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति थियो ।


प्रकाशित : माघ १६, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?