कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिपलटार–ढुंगे खण्डको मुआब्जा दिन परमादेश

नुवाकोट — चीन जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाअन्तर्गत पिपलटारदेखि ढुंगे सडक खण्डमा पर्ने दायाँबायाँ जग्गाको मुआब्जा नपाएको भन्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतले स्थानीयको पक्षमा परमादेश जारी गरेको छ ।

पिपलटार–ढुंगे खण्डको मुआब्जा दिन परमादेश

स्थानीयलाई आयोजनाले सडक विस्तार गर्दा मुआब्जा उपलब्ध गराउनुपर्ने अदालतले परमादेश गरेको हो । यसअघि मुआब्जा दिइएको र उपलब्ध गराउन नपर्ने भनेर आयोजनाले भनेपछि स्थानीय जग्गाधनी आफ्नो सुनुवाइका लागि सर्वोच्च पुगेका थिए ।

०७८ भदौ २८ मा मुद्दा दर्ता भएको थियो । सर्वोच्चका तीन जना न्यायाधीशको संयुक्त इजलासले प्रतिवादी रहेको गल्छी–त्रिशूली मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

अब आयोजनाले नुवाकोटको ढुंगे, विदुर, दम्की, बट्टार, गंगटे, पिपलटारसम्मका स्थानीयलाई सडक विस्तार गर्दा आयोजनाले रकमस्वरूप मुआब्जा उपलब्ध गराउनुपर्नेछ । यो सडक खण्ड करिब ८ किमि दूरीको छ । सर्वोच्चको फैसलाले रोकिएको सडक विस्तारको काम अब पुनः सुरु हुनेछ । आयोजना कार्यालय विदुरमा भने फैसलाको पूर्णपाठ आइनसकेकाले यसै भन्न सकिने स्थिति नभएको आयोजनाका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए ।

प्रकाशित : माघ १५, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?