सीता घिमिरे

सीता घिमिरेका लेखहरु :

ऋणमुक्त हुन बाँचुन्जेल सास्ती

धनुषाका भित्री गाउँका बासिन्दाहरूसँग दुई दिन कुराकानी गरिसकेपछि मलाई एउटा प्रश्नले लखेटिरहेको छ— परिवारलाई ऋणमुक्त बनाउन युवाले वैदेशिक रोजगारीमा गएर मर्नैपर्ने हो ? आइतीकुमारीका श्रीमान् गाउँघरमा कमाइ खाने उपाय नभएपछि दुई वर्षपहिले २ लाख ऋण काढेर कतार गएका थिए । त्यहाँ काम गर्ने अवस्था नभएपछि अनेक हन्डर खाँदै गएको तीन महिनापछि सास मात्र लिएर फर्किए । छ महिनाजति नेपालमै काम गर्ने कोसिस गरे, तर परिवार पाल्नै मुस्किल भयो कमाइले, ऋण तिर्ने कुरा त परै जाओस् । ब्याजको मिटर घुमिरह्यो, उनी आत्तिएर अर्को साहुसँग फेरि २ लाख ऋण लिएर साउदी गए ।

वैदेशिक रोजगारीको सामाजिक मूल्य

हाडमा होस् या तराईमा, प्रायः पक्की घर वैदेशिक रोजगारीको कमाइबाटै ठडिएका छन् । ग्रामीण भेगमा निजी विद्यालय जाने अधिकांश केटाकेटीलाई बाबाका बारे सोध्ने हो भने प्रायः एउटै उत्तर हुन्छ, ‘विदेशमा हुनुहुन्छ ।’ धेरै विज्ञ तर्क गर्छन्, ‘विप्रेषणले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ ।’

रोजीरोटीकै लागि महिला कहिलेसम्म बिदेसिनुपर्ने ?

मेरो घरको पल्लोपट्टि करिब २१–२२ वर्षकी झरना नेपाली (नाम परिवर्तन) भाडामा बस्छिन् । ज्याला–मजदुरी गरेर गुजारा गर्दै आएकी उनी एक दिन बिहानै अतालिँदै मेरो घर आइन् र आमा (रमा) ले कुवेतमा घरायसी काम गर्ने क्रममा दुःख पाएको, तलब नपाएको र साहुले घर फर्कन नदिएको कुरा सुनाउँदै भनिरहिन्, ‘ममी भारतको बाटो भएर कुवेत जानुभा’ चार वर्ष भयो ।

विप्रेषण नेपाललाई, अक्सिजन नेपालीलाई

वैदेशिक रोजगारीमा, विशेषतः खाडीमा रहेका नेपालीले स्वदेशमा आइपर्ने विपत्मा सघाउँदै आइरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्प वा अन्य समय आइपरेका बाढीपहिरो तथा आगलागीमा उनीहरूले आफ्नो गाँस कटाएर सहयोग गरेको तथ्य सबैसामु छर्लंग छ ।