लौ सुन म भन्छु, मेरो राम कहानीत्यो एक दिनको घाम, सयौं दिनको पानीगोपाल योञ्जनको सङ्गीत, शब्दमा स्वरसम्राट् नारायण गोपालले गाएका यी पङ्क्ति अधिकांश नेपालीले सुनेको हुनुपर्छ । यी हरफ पढ्ने–सुन्ने जोसुकैले यसका भावलाई सम्भवतः आफ्नो भोगाइ र परिस्थितिअनुकूल बनाउँछन् र सायद गुन्गुनाउँछन् ।
अभिव्यक्ति स्वतन्त्रता के हो ? साधारणतया अभिव्यक्तिको स्वतन्त्रता भनेको आफ्नो भाव, विचार र तर्क प्रस्तुत गर्नु हो । तर, यसको चेत फैलिन थालेको र अभ्यास गरिएको धेरै भएको छैन । साहित्य पाठकलाई विचारको उच्च सोपानमा पुर्याउने, विचारमा द्वन्द्व सिर्जना गर्न सिकाउने र कुनै पनि कुरालाई नखुलेको झ्याल खोलेर हेर्न सिकाउने विषय हो । बुकर प्राइजद्वारा सम्मानित ‘मिडनाइट्स चिल्ड्रन’ का लेखक सलमान रुस्दीका कृतिहरू पढ्दा पाठकले माथि उल्लिखित विचार अनुभव गर्न पाउँछन् ।