सुवास बिडारी

रोकियो नयाँ औद्योगिक क्षेत्रको काम

पर्सा राष्ट्रिय निकुञ्जको अवरोधका कारण हेटौंडा–१४ स्थित मयूरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको काम डेढ वर्षदेखि रोकिएपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चिन्ता जनाएको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्रको जग्गाको अवलोकन गरी सरोकारवालासँग छलफल गरे । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : प्रधानमन्त्रीमाथि छानबिन माग

वाग्मती प्रदेशका सांसदहरूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्रीमाथि पनि छानबिन गर्न माग गरेका छन् । प्रदेशसभा सदस्यहरूले ‘कमिसन डिल’ को अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्काटोले राजीनामा दिएर मात्र नपुग्ने भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

अप्ठेरोमा मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन । 

वाग्मती गोल्डकपमा जावलाखेल सेमिफाइनलमा 

जावलाखेल युथ क्लब मकवानपुरमा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कभर्डहल बनाउँदै पूर्व बक्सर

नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटेका छन् ।

सुवास बिडारीका लेखहरु :

व्यवस्थासँगै शैली परिवर्तन नहुँदा काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । प्रदेश सरकारले आन्तरिक तथा विभिन्न समस्याका कारण सोचेअनुसार प्रगति गर्न नसकिएको उनले बताएका हुन् ।

कारको टायरमा गोली हानी गाँजा तस्कर पक्राउ

मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई पक्राउ गरेको छ । बुधबार बिहान १ बजेतिर हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो । 

मकवानपुर, दोलखा र सिन्धुलीका एनसेल टावरमा आगजनी

मकवानपुर जिल्लाको तीन स्थानमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार बिहान भीमफेदी गाउँपालिका–६, देउरालीमा, मनहरी गाउँपालिका–५, डिल्लीपुर र हेटौंडा–१५ स्थित रातोमाटेमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो । 

सरकारी एम्बुलेन्समा साढे ३० किलो गाँजा 

मकवानपुरमा सरकारी एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा तस्करी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा.२ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले शनिबार राति तीन जनालाई नियन्त्रणमा लिएको हो । 

हिटर बालेर सुतेकाहरू उठेनन्, किन एसी नराखेको ? 

नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो । मकवानपुरको थाहा नपा–४ दामनको होटल एभरेस्ट पानोरमामा उनीहरूले १११ देखि ११५ सम्मका चार कोठा बुक गरेका थिए । त्यसै पनि वर्षैभरि चिसो भइरहने दामनको मौसम । सोमबार घाम लागेको थिएन ।