स्वास्थ्यमन्त्रीज्यू,विशेष गरी सरकारी अस्पतालहरूमा आम सेवाग्राहीले भोग्नुपर्ने कष्टको कुनै सीमा हुँदैन भन्ने वास्तविकताबाट यहाँ अनभिज्ञ हुनुहुन्न होला । बढी दुःख त केमा छ भने, स्वास्थ्य मन्त्रालयको कुर्सी सम्हालेपछि यहाँहरूले जेजे प्रतिबद्धता गर्ने गरे पनि अस्पतालमा खेप्नुपर्ने हाम्रो सास्ती अन्त्य हुने छनक कहिल्यै देखिन्न ।
शुल्क तिर्न नसक्दा धादिङको ज्वालामुखी गाउँपालिका–७ का जितबहादुरले आत्महत्या गरे । २ हजार १ सय रुपैयाँ तिर्न नसक्दा उनले प्रवेशपत्र पाएका थिएनन् । यसको छानबिन होला ।
गएको चैत १९ गते राष्ट्रपति रामचन्द्र पौडेल पेटदुखाइले शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएकै दिन म पनि बहिनीसँग त्यहीँ गएकी थिएँ । घरमा छोड्न नमिलेर बहिनीको १० वर्षे छोरालाई पनि सँगै लगेका थियौं । बहिनीको काखीमुनि क्यान्सर नहुने खालको सानो गिर्खा थियो ।
केही दिनअघि बैतडीकी राजमती भाउजूसँग फोनमा कुराकानी भयो । उहाँले गाउँमा बसेर पाउनुपरेको कष्ट सुनाउन थाल्नुभयो । ‘कात्तिकमा ट्याक्टर बोलाएर महँगो पैसा तिरी खेतमा गहुँ छर्न लाएका थियौं । गहुँ राम्रैसँग उम्रेका पनि थिए । तर तीन महिनादेखि पानी नपरेकाले गहुँ सुकिसके । अबको वर्ष के खाने होला ?’
२० वर्षकी उनी अहिले सात महिनाकी गर्भवती छिन् । उनको गर्भ तीन महिना हुँदा दिनभरि झन्डै बाह्र पटक बान्ता गरी बेहोस हुन् पुगिन् । घरबाट बोकेर गाडीसम्म पुर्याउन सक्ने पुरुषहरू घरमा कोही थिएनन् । गाउँलेहरूको मद्दतले बेहोस भएको झन्डै एक घण्टापछि बैतडी जिल्ला अस्पताल पुर्याए । उनको घरमा तीन जना मात्रै महिला छन् ।
गत मंसिरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ ले काठमाडौंका चार र काभ्रेको एक विद्यालयका विद्यार्थीहरूका लागि जलवायु परिवर्तन विषयमा कार्यशला सञ्चालन गरेको थियो । यो संस्थाले म्यानमार, बोलिभिया, नेपाल, भुटानजस्ता विकासोन्मुख देशका बालबालिकाका लागि वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने गर्छ । जलवायु परिवर्तनले बालबालिकामा पारेको असर तथा यसबाट जोगिने उपायका बारे विद्यार्थीहरूबाटै सुझाव लिने गर्छ ।
चुनावको परिणाम नआउँदासम्म देश चुनावमय नै रहनेछ । मत माग्ने र मागिदिनेहरूले बाजा, गाजासहित मतदाताका घरघरमा गएर काममा सघाएको र कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवारले भोजभतेर गरेको पनि देखियो । निर्वाचन जित्न उम्मेदवारहरूले पैसाको खोलो बगाएको पनि सुनियो ।
तरकारी बजारमा सधैंजसो भेट हुने साथीहरू यसपालि दसैंतिहारको खर्च टार्न सकिएकामा खुसी भएको अनुभव सुनाइरहेका थिए । दसैंमा घर जादाँ बसभाडा लगायत लत्ताकपडाको मूल्यसमेत बढ्दा खर्च बेहोर्न गाह्रो भएको बताइरहेका थिए । मध्यमवर्गीय परिवारका गृहिणीहरू श्रीमान् एक जनाको तलबको भरमा सहरमा बसेर छोराछोरी हुर्काउन, पढाउन साह्रै मुस्किल भएको भन्दै थिए ।
वर्षौंपहिले सुदूरपश्चिमको बैतडीमा पर्ने मेरो गाउँकी काकीको लामो समयसम्म व्यथा लाग्दा पनि सुत्केरी हुन नसकेर मृत्यु भयो । मलाई अझै उहाँ वेदनामा छटपटाएको दृश्य सम्झना हुन्छ । त्यस बेला गाउँका अरू महिलाको पनि यसरी नै मृत्यु हुने गर्थ्यो । स्वास्थ्य संस्थाहरू टाढा हुँदा, यातायात सुविधा नहुँदा यस्तो खबर बारम्बार सुन्नुपर्थ्यो ।
मेरो चिनजानकी एक बहिनी राजधानी सहर काठमाडौंमा बस्छिन् । २०५२–६२ सालसम्म चलेको द्वन्द्वकालका बेला दुर्गम गाउँमा बस्न नसकने भएपछि सहर पस्नुको विकल्प थिएन उनलाई । अहिले श्रीमान्–श्रीमती नै जागिरे छन् । दुई छोराछोरी हुर्काइसके ।