हामी कुनै तानाशाह वा शासक वा अधिनायकमाथि नै सबैजसो निरंकुशता, अधिनायकत्व, तानाशाही शासनसँगै फासीवादी प्रवृत्तिका लागि सबै दोष थोपर्ने गर्छौं । यो तरिका सही छ ? यसले समस्याको उचित निदान गर्छ त ?
नेपाली भाषामा पहिलो कविता–संग्रह ‘मभित्रको यज्ञशाला’ प्रकाशनको व्यग्र प्रतीक्षामा छिन्– सत्यभामा माथेमा । ‘केटी–स्त्री–नारीले पढ्नु हुँदैन’ भन्ने प्रचलनबीच उच्च शिक्षा हासिल गर्ने विद्रोही महिला थिइन् उनी ।
१९९७ सालमा प्रजा परिषद्को विद्रोह भएको थियो, विद्रोहीहरूमाथि जातअनुसार कडाभन्दा कडा सजाय सुनाइएको थियो, तीन जना नेवार र एक क्षेत्रीलाई मृत्युदण्ड दिइएको थियो । र, टंकप्रसाद पाध्याय (आचार्य) र रामहरि पाध्याय (शर्मा) जस्ता उनीहरूका नेता र सहकर्मीलाई ‘अंश सर्वस्व, मुडी, दामल’ सजाय तोकिएको थियो ।