के हाम्रो देश कोरानाकालीन निरीह मानिसजस्तै मर्दै छ ? मर्न लागेकै कारण ‘देश बचाऊ’ को नारा लागेको हो ? के हाम्रो मुलुक कसैको ‘मुल्क’ वा जायदाद (पोसेसन) बन्न लागेका कारण मुलुक जोगाउने आह्वान भइरहेको हो ?
पञ्चतन्त्रको कथाको विचित्र पन्छीको नाम हो— भारुण्ड । भारुण्ड विचित्र पन्छी हुनुको विशेष कारण हो—उसका दुईवटा मुख र एउटा पेट हुनु । मिथकीय पन्छी भारुण्डले कोरोनाकालमा वास्तविक जीवन पायो भने डबल नेकपाका रूप पाउने रहेछ ।
दुई दशकअघि संविधानसभाबाट जनताको स्वामित्व भएको संविधान लेखन संसदीय वृत्तका लागि अछुत मुद्दा थियो । युद्धरत माओवादी शक्तिसँगै केही वाम–लोकतान्त्रिक व्यक्तिको लहडी माग थियो यो, उनीहरूका नजरमा । संविधानसभाबाट संविधान लेखनको पक्षमा लेखन, सम्पादन र प्रकाशन गर्दा व्यंग्यमिश्रित प्रश्न उठ्ने गर्थ्यो, ‘संविधानसभाले कस्तो धान उमार्छ ? हामीलाई त ताइचिन, मनसुली, पोखरेली र मार्सी धान मात्रै थाहा छ, यो संविधान भनेको कस्तो धान हो ?’
कोरोना महाव्याधिका बेला पनि केही संस्कृतिप्रेमीलाई किन ज्यानभन्दा पनि ‘बुंग द्यः’ को जात्रा प्यारो भएको होला ? कोरोना भाइरसले दिनकै दसौं जनाको ज्यान लिइरहेको समयमा केही जात्रालु नेवार आफ्नो ज्यानको वास्तै नगरी किन ‘करुणामय द्यः’ को रथ तान्न निस्केका होलान् ?
डाक्टरले मेडिकल साइन्सबारे ओलीसँग प्रतिवाद गर्न सक्दैन । इन्जिनियरले इन्जिनियरिङ विषयमा उनीसँग बहस गर्न सक्दैन । साहित्यकार, ज्योतिषी र तान्त्रिकलाई समेत नाजवाफ गर्न सक्नु भनेको ठूलो कुरा होइन र ?’– डा. जगमान गुरुङ, उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान