भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको गोप्य मन्त्रणापछि संविधान मिच्दै प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यही माघ १ गते तीनदिने भारत भ्रमणमा पठाउनुभयो । परराष्ट्रमन्त्री त्यता जानुअघिदेखि नै सरकारी स्तरबाट त्यसको गुणगान सुरु गरिएको थियो ।
नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै नेपाल–भारत सम्बन्ध समानता र स्वाधीनताको लोकतान्त्रिक मान्यतामा परिवर्तित हुनुपर्नेमा केही गलत मान्यता र अभ्यासको सुरुआत भयो । स्वतन्त्रता र स्वाधीनताका लागि भएको प्रजातान्त्रिक आन्दोलनको मर्मविपरीत नेपालको शासन–प्रशासनमा भारतीय हस्तक्षेप भित्रियो ।
नेपालको भूभाग भारतीय अतिक्रमणमा परेको र भारत सरकारले नेपालसँग वार्ता गर्नसम्म नमानिरहेका बेला नेपालले आफ्नो भूभाग समेटेर नक्सा प्रकाशन गर्दा अरूले उचालेर नेपालले नक्सा प्रकाशन गरेको भन्ने अभिव्यक्ति दिने भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेलाई सम्मानार्थ महारथीको उपाधि दिन नेपाल सरकारले आमन्त्रण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ जेठ ६ गते प्रतिनिधिसभामा नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको विवादास्पद सम्झौतालाई दुई मान्यताका आधारमा मान्नुपर्ने तर्क गर्नुभयो ।