उषा थपलिया

म त बोल्न थालें, तपाईं नि ?

एकदिन सफा टेम्पोमा यात्रा गर्दै थिएँ । शृङ्गारले धपक्क बलेकी यात्रारत एक आधुनिक युवती जंक फुड खाँदै थिइन् । खाएपछि कष्टसाथ झ्यालको सिसा पर सार्दै खाली खोल फुत्त सडकमा मिल्काइन् । टेम्पोमा खचाखच यात्रु थिए । कोही बोलेनन् । हेरेँ, उनको साथमा ठूलो व्याग थियो । मैले मुख फोरेँ, ‘बैनी ! यति ठूलो व्याग बोक्नुभएकै छ, खाली खोल व्यागको कुनातिर राखेको भए सडक फोहोर हुने थिएन नि ।’

मेरो उचाइ, मेरो गौरव

मेरो उचाइ पाँच फिटलाई केही नपुग  । तर उचाइ नपुगेको हिसाबले कहिल्यै सुर्ता छाएन  । किशोरावस्थाको उत्कर्षमा समेत उचाइका कारण ग्लानि महसुस भएन । जहिलेसुकै आफ्नो शारीरिक अवस्थाप्रति मग्न । कलेज पढ्दा विभिन्न उचाइका साथीहरू भेटिए । तीनजना केटीहरूबीचको दोस्ती बढी जम्यो ।

महिला र आर्थिक सशक्तीकरण

अर्थोर्पार्जनमा महिलाहरू अघि बढ्न थालेका छन् । कमाउनु घरायसी गर्जो टार्नु मात्र हैन, व्यक्तिलाई आत्मसम्मानको अनुभूति गराउने प्रमुख कडी पनि हो । नेपाली महिलामा अर्थोपार्जन र आत्मसम्मानको तह अभिवृद्धि हुनु नितान्त आवश्यक देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययन–अनुसन्धानले पनि यही इंगित गर्छन् ।

सार्वजनिक बसकी ती युवती

सार्वजनिक यातायातमा एक साँझ एक युवतीसँगैको सिटमा थिएँ म । कुराकानी हुँदा थाहा भयो— उनी सिंहदरबारमा जागिरे रहिछन् । साँझ त्रिचन्द्रमा स्नातकोत्तरको कक्षा लिएर साढे साततिर घर फर्कने रहिछन् । ग्रामीण विकास (आरडी) को पढाइ सजिलो के हुन्थ्यो ? त्यसमाथि बिहान भातभान्सा, दिउँसो जागिर र राति थकाइ ।

आमा : निरक्षर तर दूरदर्शी

मेरी आमा, जो दस वर्षकै उमेरमा पराई घर छिर्नुभयो  । अहिले आठ दशक उमेर पार भैसकेको छ, तैपनि आफ्नो जीवनमा आइपरेका कष्ट र संघर्षका कथा व्यक्त गर्दा एक अंश पनि तलमाथि हुँदैनन्, ती मूर्तिमा खोपिएको आकृतिझैं हृदयमै कुदिएका छन् ।

उषा थपलियाका लेखहरु :

भान्छामा छोराछोरीलाई कसरी लोभ्याउने ?

पन्ध्र वर्ष पुग्नै लागेकी छोरीले यो वर्ष एसईई दिई । प्लेग्रुपदेखि १० कक्षासम्म करिब १२ वर्ष उसले स्कुलमा बिताइसकेकी छ । कहिलेकाहीं बाहेक हरेक दिन उसलाई घरबाटै खाजा बनाएर पठाइयो । सुरुमा बजारिया खानेकुराप्रतिको उसको लगाव अचाक्ली थियो ।

एकल आमाको आत्मसम्मान

नेपाली महिला संवैधानिक रूपमा अधिकारसम्पन्न हुँदै आएका छन्  । संविधानमा महिलाअधिकार प्रत्याभूति हेर्दा विकसित देशहरूलाई समेत नेपालले पछाडि पारेको छ  ।

सपना नदेखी राष्ट्र बन्दैन

‘सपना ती होइनन्, जो निद्रामा आउँछन्, सपना ती हुन्, जसले पूरा नभई सुत्न दिँदैनन् ।’ भारतका एघारौं राष्ट्रपति तथा प्रतिष्ठित वैज्ञानिक एपीजे अब्दुल कलामको भनाइ हो यो । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्र निर्माणका लागि आफ्ना सपना उजागर गरिरहेका छन् तर उनको सपनालाई बल पुर्‍याउनेभन्दा हावामा उडाउने प्रवृत्ति आमजनमानसमा बढी देखिन्छ ।

सामाजिक सञ्जालको असामाजिक पाटो

सबै सदस्यको उपस्थिति हुँदाहुँदै पनि प्राय: घरपरिवारमा सन्नाटा छाएको देखिन्छ । हरेक व्यक्ति हरबखत आफ्नो साथमा रहेको उपकरणतर्फ ध्यानाकृष्ट हुँदा एकअर्कोसंँग संवाद, छलफल पातलिएको छ ।

मुखले नारीवाद, बगलीमा छुरा

धेरै नेता महिला अधिकारको चर्को दुहाइ दिन्छन् । तर आफ्नो परिवारमा महिलामाथि निजी सम्पत्तिझैं नियन्त्रण गर्छन् । उ द्योगी चण्डीराज ढकालकी दिवंगत आमाको तेह्रौं दिनको पुण्यतिथिमा प्रसाद ग्रहणका लागि केही दिनअघि विद्युतीय निम्तो आयो ।