२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

शिवानीसिंह थारू

शिवानीसिंह थारूका लेखहरु :

ब्याटरी नं ५५५०

आख्यान लेख्ने साहित्यकारको परख छोटा कथा लेखनमा हुने गर्छ । किनकि एउटा सुन्दर उपन्यास फूलको सिंगो बोट हो भने छोटो कथा त्यो बोटमा फुल्ने फूलको अत्तरको एक बुँद । फुललाई आफ्नो सम्पूर्ण अस्तित्वसहित अत्तरको एक बुँदमा परिणत हुन जटिल प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यसैले त अत्तरको एक सर्को बास्नामा बोटको जरादेखि टुप्पाको मुनासम्म कल्पना गर्न सकिन्छ । भन्न खोजेको छोटो कथाको आत्मामा उपन्यास बसेको हुन्छ । त्यसद्वारा एउटा सिंगो समय खडा गर्न सकिन्छ । गाह्रो त सिंगो समयको संसारलाई छोटो कथाको क्याप्सुलमा देखाउन छ । त्यसैले कथा लेख्ने प्रक्रिया सजिलो झैं प्रतीत भए पनि चुनौतीपूर्ण सृजनशीलता हो ।

एक सर्को बास्ना

प्रस्तावनाप्रेमको आलिंगनमा पहिलोपटक जकडिइँदा के मैले दाँजेकी थिएँ प्रेमीको गर्दनबाट सुवासिएको मांसल बास्ना र बुबाले लगाउने ‘कियो कार्पिन’ केशतेलको सुगन्ध हल्का ? लेखिका आँखा चिम्लेर सम्झिने प्रयास गरिरहेकी थिई । नाकको पोरा फुलाउँदै हरेक सासमा सुवासीय स्मृति खोजिरहेकी थिई ।

कोरोनाकल्प

कोरोनालाई जितेपछि कस्तो महसुस हुन्छ ? कोरोनालाई ‘जितेपछि’ जिन्दगी बेसार–पानी महसुस हुन्छ । ‘जितेको’ कैयौं दिन भइसक्दा पनि सुक्खा खोकीको लहरे ठाउँठाउँमा विजयी गान सुनिन्छ । कोरोनेसित लडियो भनेर गर्वले फोक्सोभरि सास लिन खोज्यो, आन्द्रा सोहोरिएर आएको एउटा करौंतीदार खोकीले छातीमा प्रहार गर्दै सम्झाइदिँदो रहेछ– मनुख्ये सासचाहिँ छोटो–छोटो नै ल !