१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भूपेन्द्र खड्का

भूपेन्द्र खड्काका लेखहरु :

निबन्ध निरञ्जन

भर्खरै शंकर–रात्रि सकिएको छ अर्थात् शिवरात्रि । धुनी जगाएर चराचर जगत्का कल्याणकारी बाबाको जन्मदिन धुमधामसाथ मनाइएको छ । नव–दिशा र नव–देशका भक्तहरुले भोलेबाबाको दर्शन गरिसकेका छन् । रुप, रङ, आवरण, आकृति र कर्मका कारण उनका करोडौं फ्यान छन् ।

साला पहाडमें कविता है !

केटौले उमेरमै २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’ मा कविता–वाचन गरेका कवि मीनबहादुर विष्ट मीन अर्थात् माछोजस्तै लामो समय पहाडका खोलानाला र नदी चहार्दै समुद्रमा पुगेर मत्स्य अवतारमा कविता संग्र्रह ‘साला पहाडमें क्या है’ सहित कविताप्रेमीका बुकसेल्फ र मनमा आइपुगेका छन् ।

अर्काइभबाट भक्तराज आचार्य : यहाँ ‘अ–सुर’ हरूको राज छ !

भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् । तीन वर्षअघि कान्तिपुरले उनीसँग अन्तर्वार्ता गरेको थियो ।

स्वरको सवारी

कोलकाताको रेलको फाटकबाट आफ्नो जीवनका लिकहरू सम्झिहोलिन् उनले । उस्ताद भगतकृष्णसँगको विवाह, चार सन्तानको जन्म, दुई पुत्रवियोग, चन्द्रशमशेर महाराजको आफूप्रतिको अनुराग, शुक्रराज शास्त्रीसँगको क्रान्तिकारी युगीन घनिष्ठता, आफूलाई डोकोमा बोकेर रुम्जाटारबाट राणा दरबारसम्म ल्याउने आफ्ना गुमनाम पिता अनि छोरीलाई दरबारकी स्वरसिंहिनी बनाउने सपना देखेकी आमा सप्तदेवी !

विछोडको पीडा, नारायणगोपाल र दसैं

नारायणगोपाल सन् १९६० तिर त्रिचन्द्र कलेजका स्नातक विध्यार्थी थिए । जब क्लासमा कुनै पिरियड खाली हुन्थ्यो, डेस्कलाई तबलाजस्तै बजाएर उनी गाउन थाल्थे । प्राध्यापक वीसी मल्लको नागरिकशास्त्रको अन्तिम कक्षा भने उनले विभिन्न बहाना बनाएर हाप्थे र उनका नजिकका साथीमध्ये एक रत्नशमशेर थापालाई लिएर आफ्नो घर किलागल पुग्थे ।

गितारका तारमा गुन्जिरहेको एउटा आवाज

नसा–नशामा अरुणसाहित्यकार सरुभक्तले सिग्रेट पिउँदा (जतिखेर उनी सिग्रेट पिउँथे) सँगै रहेका अरुण थापा सिग्रेटको खिल्लीमा गाँजा भर्थे र पिउँथे । सिग्रेटका सिकारुजस्ता लाग्ने उनी गाँजाको साथमा ठर्रा ‘शट’ हान्थे । अनि उनका नसामा नशाको मात चढ्थ्यो र त्यो मात संगीतमा उत्रन्थ्यो । त्यसपछि गितार फिटेर गाउँथे– किशोरकुमार र नारायणगोपालहरूका गीत !

कल्प-ग्रन्थ : किताब-कीर्तन

कोही छोरो होस्, जसले आफ्नी आमाको कथा लेख्न सकोस् । कोही छोरो होस्, जसले आफ्ना बाबाको कथा लेख्न सकोस् । कोही प्रेमी होस्, जसले आफ्नी प्रेमिकाको कथा लेख्न सकोस् । कोही पति होस्, जसले आफ्नी पत्नीको कथा लेख्न सकोस् ।