संसारमा सबै मानिसहरू खराब छन् तर खराब मानिसहरूभित्र धेरै वा थोरै असल चीज छन् । तिनै असल चीजहरूलाई जोड्नु, अगाडि ल्याउनु र त्यसमार्फत सारा खराबीका विरुद्ध लड्नु नै क्रान्तिकारीहरूको काम हो ।–स्वनाम साथी
संसद्को विघटनसँगै हठात्झैं देखा परेको राजनीतिक प्रतिगमनले नेपाल र नेपाली समाजलाई एउटा अनिश्चयको डरलाग्दो सुरुङमा प्रवेश गराएको छ । साम्राज्यवादी शक्तिकेन्द्रहरूको चलखेलसहित प्रकट भएको हुनाले यो प्रतिगमनको गन्तव्य तत्काल किटान गर्न सकिने अवस्था पनि छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले आफ्नो पार्टीको करिब दुईतिहाइ बहुमत भएको संघीय संसद्लाई विघटन गर्ने प्रपञ्च रचेपछि नेपालको राजनीतिमा बहुआयामिक बहस उत्पन्न भएको छ । मतान्ध नभईकन सोच्ने जोकसैले ठहर गर्न सक्छ, यो कदम एक प्रकारको राजनीतिक ‘कू’ र प्रतिगमनको हो ।
बितेका केही हप्ताबीच ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजावादीहरूले केही हजार मोटरसाइकल र केही सय साना गाडीसहित संघीय राजधानी लगायतका सहरहरूमा प्रदर्शन गरे । सामाजिक सञ्जालहरूमा गणतन्त्रका निम्ति विगतमा उर्लिएका जनसागरका फोटाहरूसमेत काटकुट गरेर राख्दै उनीहरूले गणतन्त्रका विरुद्धमा जनता देशव्यापी उठेको प्रचारसमेत गर्न भ्याए ।
नेपाली समाज आज फेरि यथास्थितिवादको कहरबाट छटपटाउन थालेको छ । त्यसैले आजको नकारात्मक यथास्थितिको गुणात्मक विकल्प निर्माणका निम्ति आवश्यक जरुरी बहस पनि सुरु भैसकेको छ । सृष्टिको प्रत्येक पदार्थीय एकाइले आफ्नो अनुकूलताको परिस्थिति निर्माण गर्न संघर्ष गर्छ ।
मानिएकै विषय हो, मानव समाजजत्तिकै लामो आयु विज्ञानको छ । विज्ञान–प्रविधिबिना आजको मानव जीवन त कल्पना पनि गर्न सकिन्न । त्यसैले त भनिन्छ– आजको युग विज्ञानको हो । विज्ञानका विभिन्न शाखामा चामत्कारिक विकास भएकाले यो भनाइ र बुझाइ बेठीक पनि होइन ।
गैरसरकारी संस्था, जसलाई बोलीचालीमा एनजीओ भनिन्छ, तिनका विभिन्न रूप हुन्छन् । सरकारको अङ्गका रूपमा नरहेका सबै संस्था गैरसरकारी संस्था नै हुन् । तर, यहाँ सन्दर्भित विषय चाहिं प्रायोजित गैरसरकारी संस्थाबारे हो ।
डेढ हप्ताअगाडि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल अकस्मात् झैं तर सार्वजनिक जानकारीसहित नेपाल आएर प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग गोप्य विमर्श गरेर फर्किए । विदेशी राजदूतले नेपालको मन्त्रीका अगाडि उपरखुट्टी लगाएको फोटो देख्दा त झस्किने भैसकेको नेपाली समाजको मन यस घटनाबाट तरंगित नहुने कुरै आएन ।
केही वर्षयता सार्वजनिक स्वास्थ्य क्षेत्रका केही पक्षको सुधारका निम्ति डाक्टर गोविन्द केसीको अनशन–संघर्ष चर्चित हुँदै आएको छ । पटकपटक सरकारसँग सम्झौता हुँदै फेरि अनशन गर्ने क्रम निरन्तर छ । तत्काल समाधान भएजस्तो देखिए पनि यस समस्याको नाभि कारण अन्त्य नभएकाले यो सिलसिला कहिलेसम्म जारी रहने हो, अहिले कसैले भन्न सक्दैन ।
राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनेर हिँड्ने क्रममा विसं २०४३ को अन्त्यतिर सिन्धुपाल्चोकको हैबुङ गाउँ आसपासको एक गुरुङको घरमा बास पर्यो । शरीरमा कम्पन छुट्ने गरी हनहनी ज्वरो आएको थियो । त्यहाँ आधुनिक औषधि प्राप्त हुने कुनै सम्भावना थिएन । मेरो हालत देखेपछि घरकी वृद्ध महिलाले कराहीमा घिउ तताइन्, त्यसपछि कालो रिठ्ठाको गेडा फुटाएर गुदी तातो घिउमा केहीबेर भुटिन् ।