विकल्पको बहसमा बित्यो अघिल्लो सोमबार । बिहान कृषिमन्त्री घनश्याम भुसाल नेकपा विवाद निप्ट्याउने विकल्पहरूसहित कान्तिपुरको एक पानाभरि उपस्थित थिए । त्यसै साँझ कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीभित्र विकल्प चाहिएको भन्दै ‘फायर साइड’ मार्फत अर्को आयाम थपे । मध्यराति ट्विट गर्दै त्यो बहस टुंग्याइदिए, जसपा नेता बाबुराम भट्टराईले ।
नारायण ढकालहरूको मुखमा सधैं मार्खेज, बोर्खेज । तिनै ढकाल हिजोआज महाभारतको मूलपाठ पढ्न कस्सिएका छन् रे ! ‘चतुर्दिक क्षमता’ का प्रधानमन्त्रीबाट अयोध्या उत्खननको छेकमा यी पूर्वनेताको पौराणिक ग्रन्थ विचरण संयोग मात्रै होला । या नहोला पनि । के भर ?
आरविन्द अडिगाको ‘द ह्वाइट टाइगर’ उपन्यासमा मुख्य पात्र बलराम हलवाई तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई चिठी लेख्दै चीन–भारतको तुलना गर्छ । ऊ भन्छ : ‘प्रधानमन्त्री वेन, तपाईंको देशमा पहेंला वर्णका जनता छन् । पिउने सफा पानी छ । ओलम्पिकका टन्नै स्वर्ण पदक छन् ।
प्रत्येक नयाँ संवत्को पात्रोमा मानौं मृत्युका निश्चित दिनहरू लेखिएका छन् । बर्खा लाग्नेबित्तिकै पहाडमा पहिरो, मधेसमा बाढी आउन थाल्छ । सीडीओ र डीएसपीले ‘थाहा नपाए’ पनि शीतलहरबाट प्रत्येक हिउँदमा नागरिकको ज्यान गएका खबर पत्रकारहरूले ल्याइहाल्छन् । यस्तोमा नागरिकका अपेक्षा पुरानै हुन्छन्, अभिभावक ठानिएको राज्यको जवाफ भने अक्सर उल्टो ।