१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

गोविन्दराज पोखरेल

गोविन्दराज पोखरेलका लेखहरु :

दक्ष जनशक्तिको अभावले परियोजना ढिलाई

लुम्बिनी प्रदेशमा पर्यावरणीय, पर्यटन, उत्पादनलगायतको अथाह सम्भवना रहे पनि त्यसको भरभूर सदुपयोग हुन सकेको छैन । सबैभन्दा पहिले मिहिनेती, परिश्रमी, उद्यमशील मानिसलाई सम्मान र प्रोत्साहन गर्नुपर्छ । उनीहरू राष्ट्रका सम्पत्ति हुन् भन्ने भाष्यको विकास गर्नुपर्छ । पैसा कमाउने र सम्पत्ति कमाउने मानिसलाई यो राष्ट्रमा सरकारले हेर्नु नपर्ने तर त्यो समुदायले निरन्तर कर तिरेर सरकारलाई सहयोग गरिरहनुपर्ने ? उनीहरूले नै राष्ट्रबाट सम्मान नपाउने ? अब यो भाष्यलाई सुधार गर्नुपर्छ । मिहिनेत गरेर कमाउने र कर तिर्ने मानिसलाई राज्यले सम्मान गर्न सक्नुपर्छ । सुकर्म गरेर सम्पत्ति कमाउने भनेको धर्म हो भन्ने कुरा स्थापित गर्न जरुरी छ । 

समुन्नतिका आधार

बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समुदायले भरिपूर्ण लुम्बिनी प्रदेशको जनसंख्या करिब ५० लाख छ । देशको करिब साढे १५ प्रतिशत जनसंख्या ओगटेको र कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत हिस्सा रहेको लुम्बिनीसँग थुप्रै सम्भावना छन्, समस्या पनि छन् ।

समुन्नत बन्ने सूत्र

शान्तिका दूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थान । मगर, थारूलगायत थुप्रै जनजातिको बसोबास । सांस्कृतिक धरोहर, सम्पदा, खानी, वन, उर्वरभूमि र जलस्रोत । यी सबै एकै ठाउँमा हुँदा लुम्बिनी प्रदेशलाई अरूभन्दा फरक बनाएको छ ।

बढी भएको बिजुलीबाट हाइड्रोजन

वर्षायाममा आफ्नो उत्पादन र सुक्खायाममा आयातित ऊर्जाको जोहो गरेर लोडसेडिङ घटाएपछि पछिल्ला केही वर्षदेखि नेपालमा विशेषतः खोला तर्काएर उत्पादन गरिने जलविद्युत् (रन अफ रिभर) आयोजनाले गर्दा वर्षायाममा विद्युत् उत्पादन बढी हुने र त्यसको खपतका लागि केके गर्न सकिन्छ भनेर बहस भैरहेको छ । वर्षायाममा विद्युत् उत्पादन धेरै भएर खेर गएका समाचारहरू पनि आइरहेका छन् । नेपालका विभिन्न समयका सरकारहरूले देशमै विद्युत्को उत्पादन बढाएर आयातित एलपी ग्यास र पेट्रोलियम पदार्थको खपत कम गर्न, विद्युतीय ऊर्जाले खाना पकाउन, मल कारखाना लगायतका उद्योग विस्तार गरी खपत बढाउन, तापीय ऊर्जा र ब्याट्रीबाट चल्ने सवारी साधनहरूको प्रयोग बढाउन विभिन्न कार्यक्रम घोषणा पनि गरिरहेका छन् ।

अरुण तेस्रो, फास्ट-ट्रयाक र एमसीसी : महत्त्वपूर्ण आयोजना, अतिरञ्‍जित बहस

करिब २४५ वर्ष पहिले पृथ्वीनारायण शाहले स–साना राज्यहरू एकीकरण गरेर सेना, मुद्रा, सरकार भएको देश नेपालीहरूलाई छोडेर गए । त्यति बेला धेरै देश विकासका दृष्टिले नेपालजस्तै थिए । यसबीच अरू देशले भौतिक विकासमा निकै फड्को मारे, नेपाल भने राजनीतिक अस्थिरता, कमजोर कार्यान्वयन प्रणाली, दृष्टिकोणविहीन नेतृत्वको हातमा पुगेकाले र पुरातनवादी साँघुरो राष्ट्रवादी चिन्तनलगायतका कारण अगाडि बढ्न सकेन ।

हरेक क्षेत्रमा किन पातलिए युवा ?

ठिटा, इँटा र बिटा’ शब्दहरू नेपालमा निर्वाचनताका निकै प्रचलनमा आउने गर्छन्, जसले नेपाली युवाहरूको मानमर्दन गर्छन् । पैसा खर्च गरेर युवाहरू परिचालन गरी, डर–धम्की देखाई जित्न सकिन्छ भन्ने मानसिकता धेरै नेतामा देखिन्छ, चाहे दलहरूको आन्तरिक चुनाव होस् या देशमा हुने जुनसुकै तहका निर्वाचन ।