२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

विपिन अधिकारी

विपिन अधिकारीका लेखहरु :

अद्यावधिक नक्साको जानकारी अन्य मुलुकलाई दिनपर्दैन

नेपालले आफ्नो ऐतिहासिक तथ्य तथा प्रमाणको आधारमा चुच्चे नक्सा कायम गर्‍यो । त्यो नक्सा कायम गर्दा नेपालको संसद एक ढिक्का भएर त्यसलाई पारित गरेको हो । यो केवल केपी शर्मा ओलीको सनकको आधारमा कायम गरेको भनिनु हुँदैन । अहिले विभिन्न सञ्चार माध्यमहरुमा चीनले नेपालको चुच्चे नक्सालाई स्वीकार गरेन भन्ने उल्लेख गरिएको छ ।

कोशीको व्यथा, सबै प्रदेशको कथा

नेपालको संविधान–२०७२ स्पष्ट रूपमा संघीय मान्यतामा निर्माण गरिएको संविधान हो । यसको धारा ५०(१) को निर्देशक सिद्धान्तले स्पष्ट रूपमा ‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय एकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरण’ सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

जलविद्युत् उत्पादित वस्तु हो या प्राकृतिक स्रोत ?

नेपालको संविधान–२०७२ ले सन्धि वा सम्झौता गर्ने नेपाल सरकारको अधिकारको प्रयोगका सम्बन्धमा धारा २७९ मा केही स्पष्ट प्रावधान उल्लेख गरेको छ । यी प्रावधानहरूको स्पष्टतालाई कायम राख्नु वा हुन सक्ने अपव्याख्याबाट जोगाउनु धेरै जरुरी भइसकेको देखिन्छ ।

‘प्रधानन्यायाधीशले फैसलाको सुद असुल्दा रहेछन्’ 

अहिले प्रधानन्यायाधीश ठूलो संकटमा छन् । त्यो संकटको कारण उनका आफ्नै दृष्टिकोण र व्यवहार हुन् । उनको नेतृत्वमा सर्वोच्च अदालतमा भएका कतिपय फैसलाहरूमा ‘सेटिङ’ भयो भन्ने प्रश्नहरू उठे । कतिपय मुद्दामा प्रधानन्यायाधीशकै कारणले ‘सेन्सिबल डिसिजन’ आएन भन्ने पनि प्रश्न उठ्यो । रन्जन कोइरालाको ‘केश’ बढी नै विवादास्पद देखियो ।

आम निर्वाचनको घोषणा अपरिहार्य

आजका मितिमा मुलुकसमक्ष सबैभन्दा ठूलो राजनीतिक एजेन्डा भनेको आम निर्वाचन नै हो । विभिन्न राजनीतिक कारणले करिब तीन महिनाअघि विकल्पका रूपमा वर्तमान सरकारको गठन भए पनि यसले हिजो हराएको स्थायित्वको पुनप्र्राप्ति गर्न सकेको छैन । यसको शासकीय मिजास हिजोभन्दा फरक हुन सक्ने आधार पनि देखिँदैन ।

राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व

विश्व कारागार साहित्यमा बीपी कोइरालाको जेल जर्नलको विशेष महत्त्व छ । नेपाली भाषामा २०५४ मा जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीको आत्म संवादको रूपमा लिपिबद्ध कृति जेल–जर्नल विश्वजेल साहित्यमा एउटा उल्लेखनीय कृति हो । उनको अंग्रेजीमा लेखिएको २०३३–३४ को पछिल्लो जेल डायरीको नेपाली अनुवाद फेरि सुन्दरीजलले पहिलो प्रयासलाई अझ सार्थक बनाएको छ ।