अहिलेको जनमतले खोजेको परिवर्तन हाम्रा गाउँहरू फेरि भरिभराउ हुन्, खेतबारीमा हरियाली फर्कियोस् र हाम्रा छोराछोरीले विषादीरहित स्वस्थ खाना खान पाऊन् भन्ने हो । यो परिवर्तन ल्याउने साहस र दृढता तपाईंको नेतृत्वमा सम्भव छ ।
शक्ति भएकाले शक्ति नभएका व्यक्तिका कुरा नसुन्दा विद्रोह जन्मिन्छ । परिवार वा सानो समूहमा त्यो त्यति प्रबल हुँदैन, जति सामूहिक रूपमा हुन्छ । शक्तिहीन कहिल्यै शक्तिशून्य हुँदैन, कति असन्तुष्ट शक्ति सञ्चय हुन्छ भन्ने मात्रै हो ।
सैद्धान्तिक अस्पष्टता वा सिद्धान्तप्रति प्रतिबद्धता नहुनु पनि समस्याको कारण हो । मुख्य अस्पष्टता राज्यको दायित्वप्रति हो । शुल्कका कारण कसैले पढ्न पाएन भने को जिम्मेवार भनेर नछुट्टिनु हो । हाम्रा सार्वजनिक विद्यालय धराशायी हुनुमा राष्ट्रियकरण र सर्वव्यापी निःशुल्कको प्रावधान जिम्मेवार छन् ।
शिक्षामा सुधार गर्नुपर्छ, त्यसमा दुईमत छैन तर हाम्रो देशमा शिक्षा राम्रो नभएकाले विद्यार्थी विदेश गए भन्ने भ्रममा अलमलिइराख्नु आवश्यक छैन । शिक्षित युवा स्तरीय शिक्षा प्राप्त गर्न मात्र विदेश पलायन भएका होइनन् । अन्यथा, उनीहरू पढाइ सकेर देश फर्किन्थे ।