मेगा बैंकको थ्रीडी सेक्योर प्रविधि 

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंकले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ ।

मेगा बैंकले भिसासागको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो ।


यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ । उक्त प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकले दाबी गरेको छ ।


सिइओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुआतले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

प्रकाशित : पुस १, २०७५ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय पत्रकार समाजमा काफ्ले 

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय मामिला पत्रकार समाजमा नारायण काफ्लेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । 

काठमाडौंमा आइतबार सम्पन्न अधिवेशनले खुलातर्फको उपाध्यक्षमा सञ्जीव बगाले, महिला उपाध्यक्षमा कृष्णा पौडेल, कोषाध्यक्षमा डीपी उपाध्याय, महासचिवमा अशोक दाहाल, सचिवमा विष्णु खड्कालाई चयन गरेको हो ।

त्यस्तै सदस्यमा सिर्जना घिमिरे, सोभिता रिसाल, अकलबहादुर कुँवर, विपी शाह, खगेन्द्र भण्डारी, वासु खड्का, जयसिंह महरा चयन भएका छन् । उपाध्यक्ष बगाले, कोषाध्यक्ष उपाध्याय र महासचिव दाहाल निर्विरोध चयन भएका हुन् ।

प्रकाशित : पुस १, २०७५ २०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×