अल्फा बिटा इन्टर क्वीजको फाइनल आज  - अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्फा बिटा इन्टर क्वीजको फाइनल आज  

कान्तिपुर संवाददाता

काठमाडौँ — अल्फा बिटाले आयोजना गरेकाे दुई दिने इन्टर कलेज क्वीजको सेमिफाइनल र फाइनल आज हुँदै छ । 

बुधबार भएको समूह खेलबाट छनाैट भएका भीएस निकेतन कलेज, साइपाल एकेडेमी, जेभियर इन्टरनेशनल गोल्डेन गेट, सेन्ट जेभियर, हिमालयन ह्वाइट हाउस, नामी, सैनिक आवासिय बिहीबार प्रतिष्पर्धामा गर्दैछन् ।


फाइनलमा विजयी हुनेले ५० हजार, ट्रफी, मेडल तथा दोस्रो हुनेले २५ हजार रुपैया, ट्रफी तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए ।

प्रकाशित : मंसिर २७, २०७५ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु  

ज्योति कटुवाल

दैलख — गुराँस गाउँपालिका–४ लाठेमा बा २ झ १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार शैनेश बिष्टको मृत्यु भएको हो । दुर्घटनामा चालक गणेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताएका छन् ।

खड्कालाई उपचारकालागि सुर्खेत लगिएको छ । बिरामीलाई कालिकोटबाट सुर्खेतमा पुर्‍याएर फर्कदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २७, २०७५ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×