१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

प्रदेशको नतिजा पनि सार्वजनिक

देउवा र पौडेल समूहका बराबर विजयी

काठमाडौं — कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ ।

सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् ।

प्रदेशको नतिजा पनि सार्वजनिक

कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ ।

सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।

२ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, ६ नम्बर प्रदेशबाट हृदयराम थानी र जीवनबहादुर शाही र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र १, २०७२ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?