१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले लिए अनुमति

रासस

काठमाडौँ — यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा ३ सय ५२ आरोहीले अनुमति लिएका हुन् ।

सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले लिए अनुमति

हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए । उनले यो वर्ष ४ सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १ सय ८१ राजस्व संकलन भएको छ ।

प्रकाशित : वैशाख ७, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?