कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘फेक अडियो’ प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो

काठमाडौँ — सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण/प्रकाशन गरेको 'फेक अडियो' प्रकरणबारे राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ । 

‘फेक अडियो’ प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको इजलासले बिहीबार सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि 'स्टिङ अप्रेसन' गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।

तिमल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि 'स्टिङ अप्रेसन' गर्ने र सरकारी साक्षी बस्ने लगायतका काममा विगतमा संलग्न भएका व्यक्ति हुन् । प्रकाशक कँडेलले बयानका क्रममा अडियोको स्रोत तिमल्सिना भएको भनेपछि उक्त आदेश आएको हो ।

सिधा कुराका सम्पादक नवीन ढुंगाना र प्रकाशक कँडेललाई बिहीबार अदालतको अवहेलना मुद्दा बयानका लागि बोलाइएको थियो । बिहीबार कँडेलको मात्रै बयान सकिएको छ । ढुंगानालाई शुक्रबार बयानका लागि बोलाइएको छ ।.

प्रकाशित : वैशाख २०, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?