१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

सिन्हवा

बेइजिङ — चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ । गान्सुमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् ।

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो

भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपत्‌कालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

मंगलबार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । मंगलबार गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको छ । भूकम्पले नराम्ररी प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्गमा साँझ ७ बजेदेखि आवागमन सुचारु गरिएको छ ।

गान्सु र छिङहाइका सबै द्रुतमार्गहरू साथै राष्ट्रिय र प्रादेशिक ट्रंक सडकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् र राहत कर्मचारी, आपूर्ति र सवारी साधनहरू विपद् प्रभावित क्षेत्रमा निर्वाध रूपमा पुग्न सक्ने यातायात मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न पनि प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित : पुस ४, २०८० १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?