कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

झूटो सम्पत्ति विवरण मुद्दामा ट्रम्प अदालतमा उपस्थित

रासस/एएफपी

न्युयोर्क — झूटो सम्पत्ति विवरण मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित भएका छन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्ने अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

झूटो सम्पत्ति विवरण मुद्दामा ट्रम्प अदालतमा उपस्थित

यो मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प संगठनको घरजग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् । न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले यो मामिलामा २५ करोड अमेरिकी डलर जरिवाना गराउन खोजेकी छन् ।


प्रकाशित : आश्विन १६, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?