१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

ट्वीटरको आम्दानी आधा घट्यो

रासस, सिन्ह्वा

न्युयोर्क — एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर किनेपछि आफ्नो विज्ञापन आयको झन्डै आधा हिस्सा गुमाएको बताएका छन् । 

ट्वीटरको आम्दानी आधा घट्यो

‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको कमी र भारी ऋणभारका कारण हामी अझै नकारात्मक नगद प्रवाहमा छौं,’ अर्बपति मस्कले शनिबार ट्वीट गरेका छन्, ‘हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ ।’ ‘इन्साइडर इन्टेलिजेन्स’ का अनुसार ट्वीटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।

ट्वीटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर थुप्रै कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ ।

प्रकाशित : श्रावण १, २०८० ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?