कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

इरानबाट शरणार्थी फर्काउँदै अफगानिस्तान

रासस, सिन्ह्वा

काबुल — अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

‘इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले शनिबार र आइतबार पाकिस्तानबाट ४७६ अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केको पनि जानकारी दिएको छ ।

यसैगरी जनवरीदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू इरानमा बस्दै आएका छन् र त्यति नै संख्यामा अफगान शरणार्थीहरू पाकिस्तानमा छन् ।


प्रकाशित : असार ५, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?