कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पलेंटी कसेर, उपरखुट्टी लगाएर बस्ने समय मसँग छैन : ऊर्जामन्त्री लिङ्देन

काठमाडौँ — उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा आफूलाई लामो समय पलेंटी कसेर, उपरखुट्टी लगाएर बस्ने छुट र समय नरहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल 'इलेक्ट्रिक्स पावर लाइट्स' अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पलेंटी कसेर, उपरखुट्टी लगाएर बस्ने समय मसँग छैन : ऊर्जामन्त्री लिङ्देन

‘कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेंटी कसेर, उपरखुट्टी लगाएर बस्ने छुट र समय मलाई छैन’ उनले भने ‘संक्षिप्त समय निकालेर म आएको छु, यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ ।’ अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाका फाइल घुमिराख्ने प्रक्रिया अन्त्य हुने र एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने उनले बताए । उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गरे । सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने उनको दाबी छ ।

मन्त्री लिङदेनले नेपालको ऊर्जा देशभित्र नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताए । उनले भने ‘छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि ऊर्जाको खपत बढाउनुर्छ । विद्युतीय गाडी चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्यासको साटो बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ ।’ ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्ने उनले दाबी गरे । भृकुटीमण्डपमा सुरु भएको 'इलेक्ट्रिक्स पावर लाइट्स' अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी करिब १ सय स्टल छन् ।


प्रकाशित : माघ ६, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?