कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वव्यापी स्मार्टफोन बजारै दोस्रो स्थान लिन सफल हुवावे

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वव्यापी स्मार्टफोनको बजारमा हुवावेले दोस्रो स्थान लिएको छ। आइडीसी, एसए, क्यानलिस तथा काउन्टर पोइन्टले हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवावे दोस्रो स्थानमा रहन सफल भएको हो ।

विश्वव्यापी स्मार्टफोन बजारै दोस्रो स्थान लिन सफल हुवावे

उच्चस्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनका कारण हुवावे विश्वमा लोकप्रिय हुन सफल भएको हो ।


अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवावेको सफलताको कारण बताइएको छ । हुवावेले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दै आएको छ। प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवावे सन् २०१७ मा छेटौं स्थानमा परेको थियो।


हुवावे कम्पनीले मस्कोमा एलगरिदम केन्द्र, सानफ्रान्सिस तथा लण्डनमा यूएक्स डिजाइन केन्द्र, प्यारिसमा एस्थेटिक केन्द्र र जर्मनीमा फाइभ–जी विज्ञता केन्द्रहरू खोलेको छ ।


सन् २०१८ को पहिलो ६ महिनाको अवधिमा हुवावेको पी–२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटी सम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्सओमार्कले गरेको समीक्षामा सबैभन्दा धेरै अंक पाएको थियो। साथै हुवावेले म्याट सीरिज डिजाइन संस्करणका लागि लक्जरी ब्रान्ड पोर्ससँग साझेदारी गरेको छ जसले अल्ट्रा हाई इन्ड मार्केटमा राम्रो प्रतिक्रिया लिन सघाउने विश्वास लिएको छ ।

प्रकाशित : श्रावण २१, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?