मानव अधिकारवादी र प्रमुख प्रतिपक्ष कांग्रेसका नेताले नेपाल एक कदम अगाडि बढेर दुई कदम पछि हटेको बताएका छन् । कान्तिपुर कन्क्लेभको ‘नेपाल अगाडि कि पछाडि’ विषयक बहसमा शनिबार राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र कांग्रेस नेता गगनकुमार थापाले मानव अधिकार, नागरिकको व्यक्तिगत स्वतन्त्रता, समावेशितालगायत विषयमा सरकारले गरेका गतिविधिले मुलुकलाई दुई कदम पछाडि धकेलेको दाबी गरेका हुन् ।