कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

मछिन्द्रलाई विराट गोल्डकप

विनोद भण्डारी

विराटनगर — मछिन्द्र फुटबल क्लबले अतिरिक्त समयमा सांग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराएर शनिशार सहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मछिन्द्रलाई विराट गोल्डकप

शनिवार रातिको खेलमा निर्धारित समयमा दुवैबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ११३ औं मिनेटमा छिरिङ गुरुङ र ११९ औं मिनेटमा युसुप थपलियाले गोल गर्दै मछिन्द्रलाई उपाधि दिलाए । मछिन्द्रले ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

माछिन्द्रले सहिद मैदानमा जितेको यो पहिलो र सिजनको तेस्रो उपाधि हो । यसअघि मछिन्द्रले केपी ओली कप र वाग्मती गोल्डकप जितेको थियो । विभिन्न सात प्रतियोगितामा भाग लिएको थियो ।

रोमाञ्चक खेलमा दुवै टिमले गोल अवसर गुमाउँदा खेल अतिरिक्त समयमा धकेलियो । छिरिङले हेडिङ गोल गर्दै टिमलाई अग्रता दिलाए । युसुप थपलियाको कर्नर बललाई गोलरक्षक विशाल सुनारले पञ्च गरे । त्यही बलमा छिरिङले हेड गरेका थिए । त्यसको ६ मिनेट नबित्दै हिसुबको गोलमा मछिन्द्रले थप बलियो बन्यो । गोलरक्षक विशाल पोस्टबाट अगाडि बढेको मौका छोप्दै युसुपले ३५ यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।

प्लेयर अफ द म्याच मछिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी मोरङका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङ ठहरिए । सबैले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए ।

खेलको २५ औ मिनेटमा सांग्रीलाका सङले २५ यार्डवाट गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाउदै टिमको संकट टारेका थिए । ३५ औं सांग्रीालकै सुशिल राईले वान भर्सेस वानमा अवसर गुमाउँदा टिमको र्दूभाग्य देखा परेको थियो । खेलमने ४२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेपीनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोर्स्टमाथिबाट बल बारियो । ४३ औ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार वाहिरिदा खेल अतिरिक्त समयमा पुगेको थियो ।

विजेतालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले पुरस्कृत गरे ।

२०१८ सालदेखि यही मैदानमा २८ औं सस्करणसम्म महेन्द्र गोल्डकपका नाममा आयोजना हुँदै आएको यो ऐतिहासिक प्रतियोगितालाई २०६८ सालमा गोल्डकप ट्रस्ट स्थापना गरेर विराट गोल्डकपका नाममा गर्न थालिएको हो ।

प्रकाशित : चैत्र २४, २०८० २३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?