२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

आईपीएल-२०२४ : डिफेन्डिङ च्याम्पियन चेन्नईको विजयी सुरुआत

एएफपी

चेन्नाइ — बंगलादेशी बलर मुस्तफिजुर रहमानको घातक बलिङको मद्दतले चेन्नई सुपर किंग्सले आइतबार उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेलटे पराजित गर्दै विजयी सुरुआत लिएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नईका लागि मुस्तफिजुरले २९ रनमा ४ विकेट लिए ।

आईपीएल-२०२४ : डिफेन्डिङ च्याम्पियन चेन्नईको विजयी सुरुआत

त्यस प्रदर्शन अगाडि पहिले ब्याटिङ गरेको बैंगलुरुले ६ विकेटमा १ सय ७६ रनमात्रै बनाउन सक्यो । एमए चिडम्बरम स्टेडियममा भएको खेलमा चेन्नई १८.४ ओभरभित्र जितसम्म पुग्न सफल रह्यो । विजयी टिमका लागि शिभम डुबेले ३४ र रवीन्द्र जडेजाले २५ रन बनाए । उनीहरूले ६६ रनको निर्णायक साझेदारी गरे ।

मुस्तफिजुरले विपक्षी कप्तान फाफ डे फ्लेसिसलाई ३५ रनमा आउट पारे । ग्लेन म्याक्सवेल पनि दीपक चाहरको बलमा शून्यमै आउट भएपछि बैंग्लोर ४१–० को स्थितिबाट ४२–३ मा पुगेको थियो । दुई महिना लामो समयपछि क्रिकेट खेलेका विराट कोहलीले २१ रनमात्र बनाउन सके । उनी पनि मुस्तफिजुरकै सिकार बने ।


प्रकाशित : चैत्र १०, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?