२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

इंग्लिस प्रिमियर लिग : सेफिल्डमाथि आर्सनलको कीर्तिमान

एएफपी

सेफिल्ड — आर्सनलले इंग्लिस प्रिमियर लिगमा सोमबार सेफिल्ड युनाइटेडलाई ६–० ले पराजित गर्दै कीर्तिमान जित निकालेको छ । यससँगै आर्सनलले लिभरपुल र म्यानचेस्टर सिटीसँगै उपाधि होडमा कायम पनि रह्यो ।

इंग्लिस प्रिमियर लिग : सेफिल्डमाथि आर्सनलको कीर्तिमान

भ्रमणकारी आर्सनलले पहिलो हाफमै पाँच गोलको अग्रता लिएको थियो । त्यसमा मार्टिन ओडेनगार्ड, ग्यार्ब्रिएल मार्टिनेल, केइ हार्भिटेज र डेक्लने राइले गोल गरे । एक गोल जेडेन बोगलको नाममा आत्मघती रह्यो ।

दोस्रो हाफमा बेन ह्वाइटले थप एक गोल गरे । यससँगै मिखेल आर्टेटाको टिम इंग्लिस माथिल्लो डिभिजनको इतिहासमै घर बाहिर लगातार तीन खेलमा पाँच अथवा त्यो भन्दा बढी गोल गर्ने टिम बन्यो ।

यसको ठीक विपरीत सेफिल्ड आफ्नो घरेलु मैदानका तीन खेलमा लगातार पाँच अथवा त्यो भन्दा बढी गोल खाने इंग्लिस माथिल्लो डिभिजनको क्लब भएको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?