कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

एसियाड पदकधारी एरिकालाई सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सितोरियो कराते डो संघ प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

एसियाड पदकधारी एरिकालाई सम्मान

नेपाल सम्वत् ११४४, तिहार र छठ पर्वको अवसरमा ललितपुर जिल्ला खेलकुद विकास समितिमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एरिकालाई २० हजारसहित प्रशंसापत्र प्रदान गरियो ।

एसियाडको कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि सम्मान गरियो । उनीहरूलाई वागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, प्रयागपोखरी डोजोका संस्थापक अध्यक्ष गोपाल महर्जन, प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनलगायतले सम्मान प्रदान गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०८० २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?