मनास्लु र ललितपुर हाइ बास्केटबल विजेता


काठमाडौँ — मनास्लु वर्ल्ड कलेजले पुरुष र ललितपुर हाइले महिलातर्फ मदन भण्डारी कप दोस्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।


कीर्तिपुर कभर्डहलमा शनिबार पुरुष फाइनलमा मनास्लुले त्रिभुवन आर्मीलाई ८६–६६ स्कोरले पराजित गर्यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठमाथि ५३–४१ स्कोरको जित पायो ।
दुवैका विजेताले १ लाख ५० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनास्लुका जय दीप र महिलामा ललितपुर हाइकी काभ्या सिङला मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कृत गरे ।
प्रकाशित : जेष्ठ २७, २०८० २१:२१