कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलका लागि अन्तिम खेलमा बेन्जेमाको गोल

एजेन्सी

म्याड्रिड — करिम बेन्जेमाले रियल म्याड्रिडका लागि आफ्नो अन्तिम खेलमा आइतबार पेनाल्टीबाट एक गोल गरे । त्यसको मदतले स्पेनी ला लिगामा रियलले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेल्यो ।

रियलका लागि अन्तिम खेलमा बेन्जेमाको गोल

उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । यसअघि रियलले बेन्जेमाले १४ वर्षको बसाईपछि क्लब छाड्ने घोषणा गरेको थियो । सम्भवतः फ्रान्सेली खेलाडीको अबको गन्तव्य साउदी अरेबिया हुनेछ ।

आइतबारको अर्को खेलमा च्याम्पियन भइसकको बार्सिलोना सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । बार्सिलोना ८८ अंकसहित शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा रियलको ७८ अंक भयो ।

प्रकाशित : जेष्ठ २२, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?