कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हाफ म्याराथन : रमेश र ऐश्वर्यलाई ह्विलचेयरको उपाधि 

तस्बिर : केशव थापा

काठमाडौँ — रमेश खत्रीले कान्तिपुर हाफ म्याराथनमा दोस्रो पटक पुरुष ह्विलचेयरको उपाधि जितेका छन् । ३ किलोमिटर दौड उनले ७ मिनेट २६.७४ सेकेन्डमा पूरा गरेका थिए । उनी नेपाल आर्मी क्लबबाट पौडी पनि खेल्ने गर्छन् । 

कान्तिपुर हाफ म्याराथन : रमेश र ऐश्वर्यलाई ह्विलचेयरको उपाधि 

डेन थिङ दोस्रो भए । गत वर्ष पहिलो पटक सहभागी हुँदा तेस्रो भएका उनले ७ मिनेट ३५ सेकेन्डको टाइमिङ निकालेका थिए । उनी पनि आर्मीका बास्केटबल खेलाडी हुन् । रामकाजी मिराज तेस्रो भए । उनले ८ मिनेट ५२.८४ सेकेन्डमा दौड पूरा गरे ।

महिलातर्फ ऐश्वर्य कुमाल च्याम्पियन भइन् । बास्केटबल र पौडीका पनि खेलाडी उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पूरा गरिन् । यामकुमारी झाक्री दोस्रो र पेमा जुलुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पूरा गरेका थिए ।

‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करण आयोजना भएको थियो । थापाथलीस्थित कान्तिपुर पब्लिकेसनको कार्यलय अगाडिबाट सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिएको थियो ।

शारीरिक रूपमा फरक क्षमताका लागि हुने ह्विलचियरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : जेष्ठ ६, २०८० ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?